spot_img

नेपालद्वारा हङकङ पराजित

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २ कात्तिक :
राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।
हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३४ बलमा ६ छक्कासहित ४२ रनको योगदान दिएका हुन् । कप्तान रोहितकुमार पौडेलले अविजित २५ रन बनाए भने गुल्सन झाले अविजित १४ रन जोडे । कुशल भुर्तेल ८ रनमा आउट भए ।
हङकङका लागि एहशान खानले तीन विकेट लिए भने यासिम मुर्ताजाले एक विकेट झारे । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हङकङलाई ९४ रनमा समेट्नेक्रममा नेपालका करण केसीले चार विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । त्यस्तै कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक/एक विकेट लिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर