spot_img

नेपाल महिला टी–२० एसिया कप खेल्नबाट बञ्चित

पढ्न छुटाउनुभयो ?

काठमाडौं ४ फागुन। एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ।
मलेसियाका लागि एलिसा हन्टरले ५३ बल खेल्दै ६९ रनको उत्कृष्ट पारी खेलेकी थिइन्। उनले ६ चौका प्रहार गरिन्। नेबलरले खासै राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित २९ रन बनाइन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिएक थिइन्।
मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन्।
मलेसियासँग पराजित भएसँगै नेपाल यसै वर्ष हुने महिला टी–२० एसिया कप खेल्न पाउने अवरबाट बञ्चित भएको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर