spot_img

माओवादीको नयाँ विधान कहिले लागु हुन्छ ?

पढ्न छुटाउनुभयो ?

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले नयाँ विधान तयार गरी निर्वाचन आयोगमा पठाएको छ । माओवादीको गत फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को विधान–२०८० पारित गरेको थियो । यद्यपि विधान क्रमशः लागु हुँदै जाने माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । उनले विधान क्रमशः लागु हुँदै गए पनि पूर्णरुपमा भने विशेष महाधिवेशनबाट मात्र कार्यान्वयनमा जाने रातोपाटीलाई बताए ।‘विधानलाई अन्तिम रूप दिएर निर्वाचन आयोगमा पठाइसकेको छ । पार्टीमा क्रमशः लागु हुँदै जान्छ । कमिटी फर्मेसनमा भने विशेष महाअधिवेशनपछि मात्र लागु हुनेछ’, उनले भने, ‘अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म केन्द्रीय समिति, प्रदेश समिति र पालिका समिति यथावत् रहन्छ । पार्टी अनुशासनको कारबाही तथा अन्य गतिविधि नयाँ विधान अनुसार हुन्छ । यसका लागि हामीले संक्रमणालीन व्यवस्था विधानमै राखेका छौँ ।’माओवादीको विधानको धारा– ४४ मा सङ्क्रमणकालीन व्यवस्था राखिएको छ । ‘यो विधान बमोजिमका समितिहरू अधिवेशनहरू मार्फत क्रमशः गठन हुँदै जानेछन् । यस विधान अनुसारका समिति र निकायहरूले पूर्णता नपाउँदासम्म हाल कायम रहेका समिति र निकायहरू क्रियाशील रहनेछन्’, विधानमा उल्लेख छ ।नयाँ विधानलाई प्रस्तावनासहित ९ वटा भागमा विभाजन गरिएको छ । जसमा ४६ वटा धारा र ९ वटा अनुसूची छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर