spot_img

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ ।
वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा स्थानीय धुरुप राय यादबसमेतको आर्थिक सहयोगमा संस्थाले उक्त ब्यवस्था गर्न लागिएको हो ।
शनिवार एक कार्यक्रमका बीच दलित एकता उत्थान नेपालले उक्त घोषणा गर्दै यसले दलित बालबालिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने कार्यक्रममा सहभागी बक्ताहरूले बताए । कार्यक्रमका प्रमुख अतिथी धुरूप राय यादबले दलित सशक्तिकरणको पनि परिभाषा फराकिलो हुँदै गएकोमा खुसी ब्यक्त गर्दै आफ्नो अधिकार प्राप्त गर्न अझै एक कदम अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा होली मिलन समारोहको आयोजना गरी शुभकामना साटासाट गरिएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथिको आसनबाट बोल्दै होटल तथा पर्यटन ब्यवसायी संघका केन्द्रिय सचिव एवं पर्साका अध्यक्ष हरि पन्तले उतिबेला उपल्लो जातिले श्रम गरेकै आधारमा लगाइदियेको दलितको ट्यागबाट अब हटनुपर्ने बताए । उनले शिक्षा र चेतनाको स्तर अभिवृद्धिबाट नै यो सम्भव हुने बताए ।
दिलिप कुर्मी, सुदिश प्रजापती, जितेन्द्र मिश्र लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गर्नु भएको थियो । उक्त कार्यक्रमको सभापतिŒव सस्थाका अध्यक्ष शम्भु हजराले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर