spot_img

चाडपर्वमा घरको ढोका–झ्याल लगाएर मात्र बाहिर निस्किन जिप्रका, पर्साको अनुरोध

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वमा सुरक्षा सम्बन्धी १३ बुँदे अपिल जारी गरेको छ ।

आज जारी गरिएको अपिलमा सामाजिक सदभाव भड्किने खालको गतिविधि नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, महंगा गरगहना, बहुमूल्य वस्तुहरू र मोबाईल लिएर भीडभाडमा नजान अनुरोध गरेको छ ।

त्यस्तै घर, तथा पसल बाहिर जाँदा झ्यालढोका राम्रोसँग लगाएर मात्रै निस्किने, ढोका बन्द भएको छ छैन यकिन गर्ने र सकेसम्म साइरन जडित प्रविधिको प्रयोग गर्न, कतै बाहिर जानुपरेमा छिमेकी वा प्रहरीलाई जानकारी दिएर मात्रै जान पनि अनुरोध गरेको छ ।

त्यसैगरी आर्थिक कारोवार गर्दा सकेसम्म डिजिटल माध्यमको प्रयोग गर्न आफ्नो मोबाईलको ओटीपी पासवर्ड गोप्य राख्न, सामाजिक सञ्जालमा आफ्नो व्यत्तिगत यात्राको वारेमा अद्यावधिक नगर्न, जुवातास, लंगुर बुर्जा कौडा लगायतका खेलहरू नखेल्न भनेको छ ।

मोटरसाईकलमा यात्रा गर्दा अनिवार्य रूपमा हेलमेट लगाउँन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम उल्लंघन नगर्न र हर्षाेल्लासका साथ दशैं मनाएर आपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर