मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको राससलाई बताउनुभयो । उहाँले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ ।
मन्त्री गुप्ताद्वारा राजीनामा
मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको राससलाई बताउनुभयो । उहाँले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण
सोमवार नगर प्रमुख राजेशमान सिंहले ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सेवा प्रवाहमा प्रविधिको सहजीकरणको लागि पहिलो चरणमा वडा नं. १ देखि १६ सम्म कार्यरत ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राजु साहले बताए । बाँकी वडा नं. १७ देखि ३२ सम्म का स्वयंसेविकालाई एक हप्ताभित्रै वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए।
महानगरका ३२ वटै वडामा हाल १९८ जना स्वयंसेविका कार्यरत रहेको र स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल वितरण गर्नुको उद्देश्य फिल्डमा काम गर्न सजिलो बनाउनु रहेको उनले बताए ।
गर्भवती महिलाको नियमित जाँच, बच्चाहरूको खोप लगाउने समयको जानकारी र त्यसपछिको रिपोर्टिङ जस्ता कार्यमा उनीहरूलाई प्रविधिको प्रयोगले सहज बनाउने आशा गरिएको छ ।
संघ र प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाप्रति न्यून सुविधा व्यवस्था गरेकोप्रति असन्तोष व्यक्त गर्दै महानगरले उनीहरूको भत्ता र सुविधामा केही वृद्धि गरेको र आगामी दिनमा पनि यो निरन्तर जारी रहने नगरप्रमुख सिंहले बताए । कार्यक्रममा महानगर प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, स्वास्थ्य शाखाका अन्य पदाधिकारी, विभिन्न वडाका अध्यक्षहरू र स्वयंसेविका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम
आइतवार बिहान वीरगंज बसपार्कमा स्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेर गरिएपछि वीरगंज पब्लिक कलेजको नयाँ भवनमा वाङ्गमय सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी आयोजना गरियो । प्रमुख अतिथि मेयर सिंहले भानुभक्त आचार्य नेपाली भाषाका शिल्पी मात्र नभई नेपाली पहिचानका मेरूदण्ड भएको बताए । उनले आजको दिन साहित्य, भाषा र संस्कृतिप्रतिको हाम्रो कर्तव्य सम्झने दिन हो । वीरगंजमा यस्ता कार्यक्रमहरू हुनुले यो शहरको सांस्कृतिक चेतना र साहित्यिक सक्रियता झल्काउने बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो भने साहित्यकार गणेश लाठ र राम प्रसाद अधिकारीलाई पनि दोसल्ला, प्रशंसा पत्र र रू. १२,५०० नगदसहित सम्मान गरिएको थियो । नारायणी वाङ्गमय प्रतिष्ठानकी अध्यक्ष कविता खडकाको अध्यक्षतामा भएको कार्यक्रमम वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, केसी लामिछाने, मधेस प्रदेश महासंघका श्याम बन्जारा, मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, रामनारायण कुर्मी, सुशिला शाह, सलमा खातुनलगायतको उपस्थिति थियो । कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य सुर्यानारायण विक र सञ्चालन गीता भण्डारीले गरेकी थिइन ।
भानु जयन्तीको अवसरमा विद्यार्थीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती गरेका थिए ।
मन्त्री हटाउनेबारे एमालेले कुनै निर्णय गरेको छैनः मण्डल
महोत्तरी । असार – २८/
नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले सरकारमा सहभागी मन्त्री राख्ने र फिर्ता गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् । शनिबार बर्दिबासको गौतम होटलमा भएको बैठकमा यसबारे केही प्रसंग नै नउठेको र एमालेबारे मिडियाले गलत सञ्चार गरेको अध्यक्ष मण्डलले बताए ।
‘मन्त्रीहरु फिर्ता गर्ने कुनै कुरा भएको छैन,’ अध्यक्ष मण्डलले भने, ‘अझ कुनै एउटा मन्त्री फिर्ता गर्ने भन्ने विषय त सरासर झुट हो । किन मिडिया एमालेबारे भ्रम फैलाइरहेका छन् ?’ उनले मधेशमा नेकपा एमाले लोकप्रिय र मधेश सरकारमा एमाले ठूलो दल भएको केही मिडियालाई मन नपरेको बताए ।
‘सबै मन्त्रीहरुको समय पुगेकाले सबैलाई फिर्ता गर्ने कि भन्ने विषय उठेको हो,’ नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले भने, ‘मन्त्रीहरुको व्यवहार अलि रुखो भयो, अब समय पनि भयो, त्यही भएर सबैलाई फिर्ता गर्ने कि भन्ने विषय र पर्फमेन्सबारे पार्टीमा कुरा उठेको हो, फेरिए सबै फेरिन्छन्, त्यसमाथि पार्टीले भनेर मात्रै मन्त्री फिर्ता पनि हुने होइन ।’ उनले कुनै एउटा मन्त्री हटाउने भन्ने विषय पार्टीको प्रदेश कमिटीको एजेन्डा नबन्ने बताए ।
एमाले मधेश प्रदेश कमिटीको शनिबार बर्दिबासमा सम्पन्न बैठकले खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय गरेको भनेर केही मिडियाले गलत सञ्चार गरेको दुवै शीर्ष नेताले बताए । एमाले मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्यमा मन्त्री प्रमोद जयसवालको नामै तोकेर पार्टीका मन्त्रीहरुलाई जनता र पार्टीसँग सम्बन्ध सुमधुर राख्न र जनतासँग नरम व्यवहार गर्न आलोचनात्मक टिप्पणी गरेका थिए । बैठकमा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, प्रदेश इन्चार्ज एवम् सांसद लिलानाथ श्रेष्ठ, सांसदहरू ज्वाला साह, जुलि महतो, प्रभु हजारा, आठवटै जिल्लाका इन्चार्जको उपस्थिति थियो ।
टिकटकका कारण बुबाद्वारा छोरीको हत्या
मुस्लिम बहुलता भएको देशमा सार्वजनिक रूपमा व्यवहार गर्ने कडा नियमहरू पालना नगरेमा महिलाहरू परिवारका सदस्यहरूबाट हिंसाको शिकार हुन सक्छन् । यसमा अनलाइन स्पेसहरू पनि समावेश छन् ।
“केटीका बुबाले उनलाई आफ्नो टिकटक खाता मेटाउन आग्रह गरेका थिए । अस्वीकार गरेपछि उनले आफ्नी छोरीको हत्या गरे”, एक प्रहरी प्रवक्ताले एएफपीलाई भने ।
एएफपीसँग साझा गरिएको प्रहरी रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले बुबाले आफ्नी १६ वर्षीया छोरीलाई मङ्गलबार ‘सम्मानका लागि’ हत्या गरेको बताएका छन् । त्यसपछि उनलाई पक्राउ गरियो ।
राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहरको प्रहरीका अनुसार पीडितको परिवारले सुरुमा ‘हत्यालाई आत्महत्याका रूपमा चित्रण गर्ने’ प्रयास गरेको थियो ।
गत महिना, लाखौँ अनलाइन अनुयायीहरू भएको टिकटक इन्फ्लुएन्सर १७ वर्षीया किशोरीलाई उनको घरमा एक व्यक्तिले हत्या गरेको थियो । उक्त व्यक्तिको प्रस्तावलाई ती किशोरीले अस्वीकार गरेकी थिइन् ।
सना युसुफले टिकटक लगायत सामाजिक सञ्जालका खाताहरूमा १० लाखभन्दा बढी फलोअर्स बनाएकी थिइन् । त्यहाँ उनले आफ्नो मनपर्ने क्याफे, स्किनकेयर उत्पादनहरू र परम्परागत पोशाकहरूको भिडियो साझा गरेकी थिइन् ।
आंशिक रूपमा कम साक्षरता स्तर भएको जनसङ्ख्यामा आफ्नो पहुँचका कारण टिकटक पाकिस्तानमा निकै लोकप्रिय छ ।
महिलाहरूले एपमा दर्शक र आम्दानी दुवै पाएका छन् । यो औपचारिक अर्थव्यवस्थामा एक चौथाइभन्दा कम महिलाले भाग लिने देशमा दुर्लभ छ ।
यद्यपि, पाकिस्तानमा केवल ३० प्रतिशत महिलासँग स्मार्टफोन छ जुन पुरुषहरूको तुलनामा दोब्बर (५८ प्रतिशत) भन्दा कम छ । सन् २०२५ को मोबाइल जेन्डर ग्याप रिपोर्ट अनुसार यो संसारमा सबैभन्दा ठूलो अन्तर हो ।
पाकिस्तानी दूरसञ्चार अधिकारीहरूले एलजिबिटिक्यु र यौन सामग्रीको विरोधका बीच ‘अनैतिक व्यवहार’ भन्ने कुरामा टिकटक एपलाई बारम्बार प्रतिबन्धित गरेका छन् वा प्रतिबन्धित गर्ने धम्की दिएका छन् ।
आदिवासी कानूनले धेरै ग्रामीण क्षेत्र नियन्त्रण गर्ने दक्षिणपश्चिमी बलुचिस्तानमा एक व्यक्तिले यस वर्षको सुरुमा टिकटोक भिडियोहरूमा आफ्नो ‘सम्मान’ सँग सम्झौता गरेको भन्दै आफ्नी १४ वर्षीया छोरीको हत्याको योजना बनाएको कुरा स्वीकार गरेका थिए । (रासस/एएफपी)
खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड
बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा टंकीमार्फत आपूर्ति गर्दै आएको र ट्यांकरमार्फत दैनिक करिब डेढ लाख लिटर पानी वितरण भइरहेको जानकारी गराउनुभयो । उहाँले पाइपलाइन पुगेका ठाउँहरूमा धारा जडानको प्रोत्साहन कार्यक्रम र विभिन्न वडामा डिप बोरिङको पहल भइरहेका विवरण पनि प्रस्तुत गर्नुभयो ।
बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजमा पानीको समस्या गम्भीर रूपमा देखा परेको भन्दै त्यसको समाधानका लागि स्थानीय तहसँग सहकार्य, स्रोतको प्रभावकारी परिचालन तथा दीर्घकालीन योजना निर्माणमा सरकार गम्भीरताका साथ लागेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नु भयो, “वीरगंजको पानी संकटको तत्काल र दीर्घकालीन समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ । स्रोत परिचालन, प्राविधिक सहायता र नीति निर्माणमा सरकारले कुनै कसर बाँकी राख्ने छैन।” उहाँले वीरगंज महानगरसँग सहकार्य गर्दै यहाँको पानीको समस्याको स्थायी समाधानको बाटोमा अघि बढिरहेको विश्वास दिलाउनुभयो ।
छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला अध्यक्ष हरि पन्तले खानेपानी संस्थानमार्फत धारा जडान गर्दा वडा कार्यालयमा लाग्ने दस्तुर केही समयका लागि निशुल्क गराउन माग गर्नुभयो । साथै, संस्थानमा थुप्रिएका धारा जडान निवेदनहरू शीघ्र प्रक्रियामा लैजाने व्यवस्था मिलाउन खानेपानी मन्त्रीसँग आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस वीरगंज नगर सभापति मणिन्द्रलाल श्रेष्ठले पाइपलाइन सुविधा नभएका क्षेत्रमा मात्रै डिप बोरिङ गरिनु पर्ने र पाइपलाइन भएको क्षेत्रमा भने त्यसैबाट आपूर्ति सुनिश्चित गरिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, नेकपा (एस) का नेता बालगोपाल थापाले दीर्घकालीन सोचसहित महानगरको नक्सा पास प्रक्रियामा अण्डरग्राउण्ड टंकी अनिवार्य राख्ने व्यवस्था गर्न जोड दिनुभयो । उहाँले यस कार्यमा कडाइ गरी भविष्यमा यस्तो संकट पुनः नदोहोरिने उपाय अपनाउन सुझाव दिनुभयो । थापाले भने, “भविष्यमा बन्ने घरमा अण्डरग्राउण्ड टंकी अनिवार्य होस्, नक्सा पासमै त्यसको शर्त राखियोस ।”
वीरगंजको खानेपानी संकट साझा समस्या भएको र यसको समाधान पनि सबैको मिलेमतो र सहकार्यबाट हुनुपर्नेमा सहभागिहरुले जोड दिए । वितरण प्रणालीमा राजनीतिक पहुँच, सिफारिस वा दबाबका आधारमा हुने सम्भावित भेदभावलाई पूर्ण रूपमा रोक्नुपर्नेमा बैठमा सबै सहमत भएका छन् । महानगरले थालेका प्रयासहरू सराहनीय भए पनि ती प्रयासहरू अझ सुदृढ, व्यवस्थित र दीर्घकालीन सोचअनुकूल हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा खानेपानी मन्त्री प्रदीप यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो । यस छलफलले खानेपानीलाई सुविधा वा सेवाको हैसियतमा होइन, नागरिक अधिकारका रूपमा सम्बोधन गर्न थालिएको सकारात्मक संकेत दिएको छ ।
सवा करोडको सामानसहित ट्रक नियन्त्रण
असार २४ गते बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा वीरगंज बाट काठमाण्डौ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रक चेकजाँच गर्दा बिलबिजक भन्दा फरक र भन्सार नभएका अबैध भन्सार छलीका रू. १ करोड २५ लाख २४ हजार बराबरको कस्मेटिक, कोकोनट, आल्मोन्ड (बदाम), कपडा, सर्जिकल सामानहरू तथा इलेक्ट्रिक सामान, मोबाइलका पाटपुर्जा, औषधीजन्य सामानहरू सहित कन्टेनर ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिप्रका, बाराले जनाएको छ ।
२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ
रास्वपा पर्साको हस्ताक्षर अभियान
रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले वीरगंजमा सोविरूद्ध आम जनताको हस्ताक्षर अभियान शुरू गरेको हो ।
वीरगंजको घन्टाघरमा रास्वपा पर्सा सभापति हरि पन्तको नेतृत्वमा आजदेखि शुरू भएको हस्ताक्षर अभियान जारी रहने रास्वपा ठोरीका सभापति माधव बस्नेतले जानकारी गराए ।
अभियानमा वीरगंजका जनताहरूले स्वस्फूर्त रूपमा हस्ताक्षर गरेर उक्त अभियानको अपनत्व लिएको रास्वपा पर्साका सभापति हरि पन्तले बताए । पन्तले नेपाली जनताले मुलुकको पछिल्लो राजनीतिक घटनालाई नजीकबाट नियालिरहेको र सबै घटना क्रम अब छर्लङ्ग भइसकेकोले आफूहरूले जनतालाई केही भन्नै नपरेको बताए ।
यसअघि रास्वपा पर्साले पर्साको बहुदरमाई नगरपालिकामा पनि हस्ताक्षर कार्यकम सञ्चालन गरेको थियो ।