spot_img

महानगरद्वारा मस्जिदहरूमा गिजर वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ पुस । वीरगंज महानगरपालिकाले वीरगंज मुस्लिम उत्थान समितिको समन्वयमा शुक्रवार विभिन्न वडाका ५ वटा मस्जिदमा १–१ थान गिजर मेशिन वितरण गरेको छ ।
वडा नम्बर २, ३, २८,२९ र ३१ मा रहेका मस्जिदमा १–१ थान विद्युतीय गिजर मेशिन प्रदान गरिएको वीरगंज मुस्लिम उत्थान समितिका अध्यक्ष अब्बास मन्सुरीले जानकारी दिए।
अहिलेको बढ्दो चिसोमा तातो पानीको सेवा उपलब्ध होस् भनेर मस्जिदहरूमा गिजर मेशिन वितरण गरिएको महानगरपालिका मेयर राजेशमान सिंहले बताए ।शुक्रवार पहिलो चरणमा ५ वटा मस्जिदमा गिजर प्रदान गरिएको भन्दै उनले महानगरका अन्य वडामा रहेका मस्जिदहरूमापनि गिजर उपलब्ध गराइने बताए ।
कार्यक्रममा वीरगंज मुस्लिम उत्थान समितिका सदस्यहरू खुश महम्मद मियाँँ, असरद कमाल, सलाउद्दीन मंसूरी, जवार अंसारी,अफरोज आलम लगायतकोपनि उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

रास्वपा पर्साको हस्ताक्षर अभियान

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर अभियान शुरू गरेको छ । रास्वपा सभापति रवि लामिछानेमाथि...

सम्बन्धित खबर