spot_img

सर्लाहीको त्रिभुवननगरबाट तस्करी चालू

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा /३० चैत, सर्लाही
मलंगवा  ।  सर्लाहीको त्रिभुवननगर नाका अहिले केही तस्करहरूको लागि उर्वर भूमि बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल , उप तथा गृहमन्त्री रवि लामिछानेले मात्रै होइन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवंर सम्मले बारम्बार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिए पनि उक्त निर्देशनको कार्यान्वयन भएको छैन । बरू उल्टो त्रिभुवननगर नाकाबाट भने व्यापक तस्करी चलिरहेको छ।

त्रिभुवननगर नाकाबाट अहिले तस्करीको लाइन पाउनेहरूमा कपडा र हार्डवेयरको काम गर्ने हुसेनी , बिजय , भगतजी कपडा र किराना , बिरेन्द्र र गौरी हार्डवेयर , प्रकाश , लालबाबु रक्सी , बियर , अभिनाष महत्तो किराना , कपडा , भिम , रमेश , राजा  खाद्यान्न  र  मल ,माष्टर साहेव किराना , राधे साह दाना , चामल र धान मुख्य छन् ।

नेपाल प्रहरीको तर्फबाट इप्रका त्रिभुवननगरमा सई दिपेन्द्र राज गिरी प्रमुख छन् । उनको संरक्षण  र  सेटिङमा यहीँ नाकाबाट तस्करीको लाइन खुलेको स्थानीय बताउँछन् । अब नयाँ आएका एसपी रबिन्द्र बहादुर सिंहले यो नाकाबाट हुन तस्करी नियन्त्रण गर्न सक्ने हो होइनन् त्यो भने हेर्न बांकी नै छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

धर्मले हामिलाइ फरक पार्दैन

वीरगंज ९ चैत्र ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।...

सम्बन्धित खबर