spot_img

असुरक्षित गर्भपतन गराउँदा गीताको मृत्यु, दुई चिकित्सकसहित पाँच जना पक्राउ

पढ्न छुटाउनुभयो ?

सिद्धार्थनगर, वैशाख ९ गते। बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका दुई जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गर्भपतनका क्रममा पाल्पाकी गीता पाण्डेको मृत्यु भएपछि उहाँका आफन्तले दिएको उजुरीका आधारमा थप दुई जना चिकित्सकलाई प्रहरीले आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दुलेखा स्वास्थ्य संस्था प्रालि. का सञ्चालक डा. सतिस रूपाखेती छन् ।

यसअघि इन्दुलेखा स्वास्थ्य संस्थाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।

करिब १२ हप्ताकी गर्भवती पाण्डे वैशाख ५ गते श्रीमान्‌सँग बुटवलको इँटाभट्टास्थित खत्री नर्सिङ होम पुग्नुभएको थियो। खत्री मेडिकलले रिफर गर्दै जोनल फार्मेसी र इन्दुलेखा क्लिनिक पुऱ्याउँदासम्म पाण्डेको मृत्यु भएको थियो ।

गर्भपतन गराउन भन्दै एकले अर्को क्लिनिकमा रिफर गर्दै लापरबाहीपूर्ण तरिकाले गर्भपतन गराउँदा पाण्डेको मृत्यु भएको भन्दै मृतकका श्रीमान् प्रकाश पाण्डेले इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिनुभएको थियो ।

घटनापछि मृतकका आफन्तले खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दी गरेका छन्। दोषीमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले केही समय पूर्वपश्चिम राजमार्ग अन्तर्गत चौराहा क्षेत्रमा सडक अवरुद्ध समेत गरेका थिए।

मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डेलाई सोमबार तथा डा. डिबी खत्री र डा. सतिस रुपाखेतीलाई पक्राउ गरेको जनाएको छ।

हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर