spot_img

मेयर निलम्बनपछि वीरगज महानगरका कर्मचारीमा बढ्यो काम गर्ने सहजता

पढ्न छुटाउनुभयो ?


दिपक कुशवाहा वीरगज १ भादो वीरगज महानगरपालिकामा कार्यरत कर्मचारीहरूले पछिल्लो समय काम गर्ने वातावरण सहज बन्दै गएको बताएका छन ्।
नक्कली नागरिकता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाएपछि मेयर राजेशमान सिंह निलम्बनमा परेसँगै कर्मचारीहरू दबाबमुक्त भएर काम गर्न पाउने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।
महानगरका एक कर्मचारीका अनुसार विगतमा सामान्य प्रशासनिक कामसमेत राजनीतिक तथा व्यक्तिगत दबाबका बीच गर्नुपर्ने अवस्था रहेको थियो । शाखा–शाखामा राखिएका मेयर निकटका व्यक्तिहरूसँग समन्वय नगरी काम गर्दा गाली खाने वा जिम्मेवारी परिवर्तन हुने डर रहने गरेको उनले भनाई थियो ।
अहिले केही दिनयता कर्मचारीले नियमअनुसार स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण बन्दै गएको महसुस भएको छ, ती कर्मचारीले भने ।

उनका अनुसार महानगरमा लामो अनुभव भएका र योग्य कर्मचारीहरू भए पनि विगतमा उनीहरूलाई जिम्मेवारीविहीन बनाउँदै वडा वा जगेडामा राखिएको थियो । त्यसको विपरीत अनुभव र योग्यता कम भएका व्यक्तिहरूलाई महत्वपूर्ण शाखाको जिम्मेवारी दिइएको आरोप कर्मचारीहरूको छ ।

कर्मचारीहरूले विगतमा महानगरको प्रशासनिक निर्णयमा अनावश्यक हस्तक्षेप हुने गरेको गुनासो गर्दै आएका थिए । मेयर सिंह निलम्बनमा परेपछि उनका निकट व्यक्तिहरूको प्रत्यक्ष प्रभाव कम भएको र कर्मचारीहरू ढुक्क भएर काम गर्न थालेको उनीहरूको भनाइ छ ।

आर्थिक कारोबारमा समेत विगतमा दबाब रहने गरेको कर्मचारीहरूको बताउने गरेका छन । नियम अनुसार भुक्तानी दिन मिल्ने फाइलहरू समेत रोक्ने, अधुरा प्रक्रिया पुरा नभएका फाइललाई अघि बढाउन दबाब दिने, सबै फाइलको छुट्टै प्रतिलिपि तयार गरी मेयरको सचिवालयमा पठाउने र त्यहाँबाट अध्ययन भएपछि मात्र भुक्तानी दिने अभ्यास रहेको उनीहरूले बताएका छन् ।

कर्मचारीहरूका अनुसार अब महानगरमा कानुनी प्रक्रिया र प्रशासनिक नियमलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्ने वातावरण कायम हुदै गएको बताएका छन । उनीहरूले प्रशासनिक निर्णयमा कर्मचारीलाई स्वतन्त्र रूपमा काम गर्ने अवसर दिइए महानगरको सेवा प्रवाह अझ प्रभावकारी हुने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनायो : गौर डुबानको उच्च जोखिममा

१ जेठ, काठमाडौं । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन्...

सम्बन्धित खबर