spot_img

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

पढ्न छुटाउनुभयो ?

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ । निम्बनमा परेका मेयर राजेशमान सिंह पक्षधर र कार्यवाहक मेयर इम्तियाज आलम पक्षधरबीच सामाजिक सञ्जालदेखि महानगरको प्रशासनिक काम कारबाहीसम्म प्रभाव देखिन थालेपछि नगरवासी अन्योलमा परेका छन् ।

दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गर्दै सामाजिक सञ्जालमार्फत आलोचना गर्ने, काममा अवरोध सिर्जना गर्ने तथा भइरहेका योजनामाथि समेत टिप्पणी गर्ने क्रम बढेको भन्दै सेवाग्राहीले असन्तुष्टि जनाउन थालेका छन् ।

महानगरको सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकता दिनुपर्ने समयमा जनप्रतिनिधि र कर्मचारीको ध्यान आन्तरिक विवादतर्फ केन्द्रित भएको आरोप लाग्न थालेको छ । महानगरका विभिन्न शाखामा समेत कर्मचारीहरु सेवाग्राहीको समस्या समाधानभन्दा राजनीतिक गुटबन्दी र आन्तरिक विषयमा बढी छलफल गर्ने गरेको गुनासो सुनिन थालेको छ ।

पूर्व मेयर सिंह निकटका केही समर्थकहरु अहिले महानगर कार्यालय आउन छाडेको स्रोतको दाबी छ । विगतमा अगाडि बढाइएका कतिपय योजनाको भुक्तानी रोकिएको तथा पुराना निर्णयहरु पुनरावलोकन गर्ने काम भइरहेको बताइएको छ ।

यसैबीच, पूर्व मेयर सिंहको कार्यकालमा मौखिक निर्देशनका आधारमा सञ्चालन गरिएका करोडौं रुपैयाँका योजनाको विषय अहिले विवादको केन्द्र बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृतसँगको विवादपछि कार्यादेश रोकिएको अवस्थामा मेयर सिहले मौखिक आदेशमा काम गरेका गिए । केही योजनाको काम सम्पन्न गरी भुक्तानीका लागि फाइल अगाडि बढाइएको र त्यसमा कार्यवाहक मेयर आलमले कार्यादेशबिना भुक्तानी गर्न नसकिने अडान लिएपछि विवाद थप चर्किएको बताइएको छ ।

यता महानगरको लेखा शाखाका केही कर्मचारीहरुले भने दुई पक्षबीचको विवादको फाइदा उठाउँदै रोकिएका फाइल अगाडि बढाउन रकम असुली गर्ने गरेको आरोप स्रोतले लगाएको छ । यद्यपि यस विषयमा आधिकारिक पुष्टि भने भएको छैन ।

नगरवासीहरुले महानगरभित्रको राजनीतिक विवादभन्दा पनि सहज सेवा प्रवाह, पारदर्शी प्रशासन र विकास निर्माणलाई प्राथमिकता दिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । विवाद बढ्दै गएमा यसको प्रत्यक्ष असर सर्वसाधारण सेवाग्राही र महानगरको विकास योजनामा पर्ने चिन्ता व्यक्त गरिएको छ

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनायो : गौर डुबानको उच्च जोखिममा

१ जेठ, काठमाडौं । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन्...

सम्बन्धित खबर