spot_img

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् ।
केही प्रमुखहरू खुलेर काम गर्न नसकी “लुकेर बस्नुपर्ने” अवस्थासम्म पुगेको गुनासो स्रोतहरूले गरेका छन् ।
लामो समयदेखि रोकिएका विकास आयोजनाहरू  मधेश प्रदेश सरकारले हालै फुकुवा गरे लग्तै सम्बन्धित कार्यालयहरूमा सेवाग्राहीको चाप बढेको छ । तर विगतझैं यसपटक पनि योजना हात पार्न राजनीतिक दलका युवा नेता, विद्यार्थी संगठन तथा केही जनप्रतिनिधिहरू सक्रिय भएको कार्यालय प्रमुखहरूको भनाइ छ । उनीहरूका अनुसार, कर्मचारीहरूलाई दबाबमा पार्दै जबरजस्ती योजना लिने प्रयास गरिहेको छ ।
एक कार्यालय प्रमुखले नाम नखुलाउने सर्तमा बताए अनुसार, अघिल्ला वर्षहरूमा उपभोक्ता समिति गठनसम्बन्धी पत्र कार्यालयबाटै ‘हात पारेर’ केही नेताहरूले ठेकेदारलाई बेच्ने प्रचलनसमेत रहेको थियो । तर अहिले कर्मचारीहरू नियमअनुसार प्रक्रिया पूरा गरेर मात्र योजना सञ्चालन गर्न अडानमा छन् ।
नियम मिचेर काम गर्दा जागिरै जाने जोखिम छ, ती प्रमुखले भने, अब सबै योजना वडा कार्यालयमार्फत, जनप्रतिनिधिको रोहबरमा उपभोक्ता समिति गठन गरेर मात्र सञ्चालन गर्नुपर्ने बाध्यता छ ।”
कर्मचारीहरूका अनुसार, केही नेताहरूले प्रदेशका मन्त्रीहरूमार्फत फोन गराएर कार्यालय प्रमुखमाथि अनावश्यक दबाब बढाइरहेको देखिन्छ । तर कर्मचारीहरू भने यस्तो दबाब अस्वीकार गर्दै विधिसम्मत ढंगले मात्र काम गर्ने पक्षमा उभिएका छन् ।
यता नेताहरूको पनि आफ्नै तर्क छ । उनीहरूका अनुसार, विगतमा आफैंले पहल गरेर योजना ‘रातो किताब’मा समावेश गराएका थिए र ती योजनाबाट बचत भएको रकमले वर्षभरि जीविकोपार्जन गर्ने अवस्था बनेको थियो । तर अहिले योजना वडा कार्यालयमा पठाइएपछि आफूहरूलाई सञ्चालन गर्न नदिइएको उनीहरूको गुनासो छ ।
पर्सा जिल्लामा पूर्वाधार कार्यालय, सिँचाइ डिभिजन, भूमिगत सिँचाइ, सामाजिक विकास, पर्यटन, आयुर्वेद जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, खानेपानी तथा भूजलाधार लगायतका विकासे अड्डाहरू रहेका छन ।
स्रोतका अनुसार, “मन्त्री रिसाएर सरुवा गर्न सक्छन्, तर नियम मिचेको प्रमाणित भए संघीय सरकारले नै जागिर धरापमा पार्न सक्छ,” भन्ने डर कर्मचारीहरूमा व्याप्त छ । त्यसैले कर्मचारीहरू भ्रष्टाचारमुक्त कार्यालय र सुशासन कायम गर्ने अडानमा पक्षमा रहका छन ।
वीरगजमा चोरीका घटना बढ्दो ३ दिनमै ३ मोटरसाइकल चोरी, पसलहरू पनि असुरक्षित
प्रस, वीरगज, ९ बैशाख / पछिल्ला केही दिनयता वीरगजमा चोरीका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ । मोटरसाइकल चोरीदेखि पसलका सटर फोडेर गरिने चोरीसम्मका घटनाले स्थानीयवासी त्रसित बनेका छन् ।
प्राप्त जानकारीअनुसार, केवल तीन दिनको अवधिमा तीन वटा मोटरसाइकल चोरी भएका छन ्। अतिक्रमित जग्गामा बनेका घरहरू तोडफोड भइरहेका बेला समाचार संकलनका लागि पुगेका चारचा न्युजका प्रतिनिधि सुरेन्द्र यादवको  मप्र ०३ ०३७ प ४२२४ मोटरसाइकल समेत चोरी भएको जानकारी दिए । तर चोरहरुले बिहान चोरी गरेको सो फेरी घण्टाघरको दश्चिणपटी राती ल्याई छोरी भागेका यादवको भनाई छ । बिहान प्रहरीले सो बाईक नियन्त्रणमा लिई धनीको जिम्मा लगाएको थियो ।
 त्यसैगरी, हिजो राति जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरको ना ४ प ६८५२ नम्बरको मोटरसाइकल वीरगजबाट हराएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

असुरक्षित गर्भपतन गराउँदा गीताको मृत्यु, दुई चिकित्सकसहित पाँच जना पक्राउ

सिद्धार्थनगर, वैशाख ९ गते। बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका दुई जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गर्भपतनका क्रममा पाल्पाकी...

सम्बन्धित खबर