वीरगंज, २७ पुस । एक अर्बभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था विरुद्ध शुक्रवार बचतकर्ताहरुले प्रदर्शन गरेका छन् ।
टिबडेवाला धर्मशालामा भेला भएका बचतकर्ताहरूले विरोध जुलुश निकालेर सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गरी कारबाई गर, बचतकर्ताको रकम फिर्ता गरलगायत नारा लगाएर घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा सानोपाइला सहकारी पीडित संघर्ष समितिका संयोजक सुशील अग्रवालले सहकारीका मुख्य सञ्चालक जीबी राईलगायतलाई पक्राउ गर्नुपर्ने माग गरे ।
बिहीवार वीरगंज–१० आदर्शनगरस्थित सहकारीको शाखा कार्यालयमा वीरगंज महानगरपालिकाले शिल गरेको थियो । महानगरपालिकाले उक्त सहकारीलाई पाँच महिना पहिला अर्थात गत भदौ ४ मा नै समस्याग्रस्त सहकारी घोषणा गरेर त्यसका सञ्चालकहरूलाइ पक्राउ गर्न नेपाल प्रहरी लगायत निकायमा पत्रचार गरेको थियो ।
सहकारीका वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्बिरन मियाँँ, कोषाध्यक्ष कुमार रम्तेललगायत १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर अहिलेसम्म कोहिपनि पक्राउ भने परेका छैनन् ।
वीरगंजका करिब ८ सय साना तथा ठूला व्यापारिक घरानाको करिब १ सय ३५ करोड रुपियाँँ बचत रहेको संघर्ष समितिका संयोजक अग्रवालले बताए । सहकारीविरुद्ध ११५ भन्दा बढी लिखित उजुरी परेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामापनि ५२ वटा उजुरी परेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
ती सबै उजुरीमा गरि उक्त सहकारीले १ अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको पीडित बचतकर्ताहरूले उल्लेख गरिएको वीरगंज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखा प्रमुख सुनिल कर्णले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्