spot_img

लागू औषधसहित भारतीय नागरिक  वीरगन्जमा पक्राउ

२२चैत, वीरगन्ज / दिपक कुशवाहा

लागू औषधसहित एक भारतीय युवक वीरगन्जमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला हरपुर २ का २६ बर्षिय राजकरण साह रहेका छन् ।
बाराको बलीरामपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एटी ७३२६ नमबरको मोटरसाइकल वीरगन्ज वडा नम्बर १५ फुलवारी टोलमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा साह सवार रहेको उक्त मोटरसाइकलमा लोड रहेको हरियो तरकारीको बोरा भित्रबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले बताए ।

तरकारीको बोराभित्र लुकाएर राखिएको अवस्थामा नुरफिन २ सय पिस, डाइजेपाम २ सय पिस र फेनारगन २ सय पिस गरी कूल ६ सय पिस लागू औषध बरामद भएको थापाले जानकारी दिए ।

लागू औषध बरामद भएपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएको र  उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
spot_img

ताजा खबर

सम्बन्धित खबर