दिपक कुशवाहा वीरगज,३१ जेठ/बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाका हत्याको बिषयलाई लिएर आज दिनभरी कलैया बजारमा प्रर्दशन भएको छ ।
परिवार,शुभचिन्तक,बिधार्थी लगाएत बिभिन्न दलहरुले जिल्ला प्रशासन कार्यलय बारा अगाडी शव राखी प्रर्दशन गरेका थिए । भरत चौकमा दिनभरी टायर बालेर प्रर्दशन भएपछि दिनभरी बजार तनावपुर्ण बन्नेको थियो ।
प्रमुख कुशवाहाको हत्याको आरोपमा शंका अधारमा ७ जना स्थानियलाई बारा प्रहरीले पक्राउ गरि छानबिन शुरु गरेको छ । प्रहरीले उनीहरुको नाम खुलाएको छै ।
बिरोधमा उत्रेका स्थानियले दुखेसो पोख्दै बारा प्रहरीको साठगाठ अपराधीसंग भएको कारण बारामा हत्याको घटनामा बृद्धि भएको आरोप लगाएत ।
प्रहरीले मुख्य जिमेबारी समाजमा शान्ति स्थपना गर्नु हो तर बाराका प्रहरीले २४ घण्टै बेलेकियाहरुको खोज तलासमा जुटेको कारण दैनिक अपराधीको घटनामा बृद्धि हुदै गई रहेको स्थानियको आरोप छ ।
प्रमुख जिल्ला अधिकारीसंग भएको छलफलमा मृतक कुशवाहाको शव परिवारले बुझि सदगतको लागी लगी सकेको बारा प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार शिक्षक कुशवाहो हत्या कसले गरेको प्रस्ट भई सकेको दावी गरेको छ । उनीहरु अहिले फरार रहका छन । प्र्राराम्भीक अनुशंधानमामा उनको हत्या छिमिकको ईसारामा भएको प्रहरीको दावी छ । लेनदेन तथा जग्गाको बिवादमा उनको हत्या भएको शंका प्रहरीको छ ।
शुक्रबार साझ बाराकै आदर्श कोतवाल गाउ“पालिका–३ बतरा टोलमा अज्ञात समुहले गोली हानेका थिए । कुशवाहा, आदर्श कोतवाल गाँउपालिका–२ खजुरियाकाबाट कलैया आउदै गरेका मृतक कुशवाहालाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको समुहले गोली प्रहार गरेको थियो ।
कोखामा गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगजको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा ल्याउदा चिकित्सकले मृत घोषित गरेको थियो ।
हत्याको बिरोधमा दिनभरी कलैया बजारमा तनाव मुख्यकाम छोडी बलेकिया खोज्नमा बारा प्रहरी व्यवस्त
प्रतिक्रिया लेख्नुहोस्