दिपक कुशवाहा वीरगज,१ असार/ पर्साको धोवीनी गाउ“पालिकाको कार्यलयमा बिवाद हुदा“ आज दिनभरी तनावपुर्णमा रहेको समाचार प्राप्त भएको छ ।
स्थानिय युवा तथा बुद्धिजवीहरुले गत आर्थीक बर्ष तथा चालु आर्थीक बर्षमा भएमा बिकास निर्माण कार्यमा अनियमिता भएको भन्दै मेयर मदन चौहानसंग भेटन खोज्द बिवाद भएको थियो । बिवादको क्रममा मेयर चौहानलाई स्थानियले दुरव्यवहार समेत गरेका थिए ।
स्थानिय तथा मेयर चौहानसंग प्रस्तुत मागको बिषयमा छलफल भई रहेको बेला मेयर चौहानका सर्मथकहरु स्थानियसंग झगडा गर्न खोज्दा सोही निहुमा दुवै समुहबिच हाथहालाहाल समेत भएको प्रत्यर्दीहरुले जानकारी गराएका छन । घटनालाई समान्य बनाउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । स्थानिय ललन प्रसाद कुर्मीका अनुसार जनप्रतिनिधीहरु आफनो घरको रकम समझेर जथाभावी रकम बाडफाड गरेको तथा आफना कार्यकर्ताहरुलाई रिझानउने काम गरिहेको आरोप लगाएका छन । शिक्षकहरुको अभावमा पठनपाठन अवरोध हुने गरेको,शिक्ष्ँकहरु समयमा तलव नपाउने, औषधी खरिदमा अनियमिता भएको उनको आरोप थियो । त्यतीमात्र हैन आम जनताहरुले कर तिरेको पैसाबाट कर्मचारीहरु मौज गरिहेको कुर्मीले बताए । गापामा रहेको दुईवटा चार पाग्रे सवारी वाहेक ५३ वटा मोटरसाईक कर्मचारीहरुले चलाउने अर्कोतिर सेवा सेवा सुबिधा लिने काम तत्काल रोक्नु पर्ने कुर्मीको भनाई थियो । स्थानिय अजय पटेलका अनुसार चालुआर्थीक बर्षमा संचालित योजनाहरु गुणस्तहिन काम भई रहेको आरोप लगाए ।
स्थानियले दिएको सुझाव पत्रमा गापाभरी रहेको १७ वटा बिद्यालयहरुमा शिक्षक पुर्ती गर्ने,आर्थीक बर्ष २०८०/२०८१को खर्च बिवरण, संचालित योजनाहरुको प्रार्दशिता,ईन्धन खाजा खर्चको बिबरण,गार्डी मर्मतमा लागेको खर्च,बिपद व्यवस्थानको शिषकमा खचिएको रकमको बिबरण समेत माग गरिएको थिायो ।
पुर्व गाबिस अध्यक्ष अम्बिका राउत कुर्मीका अनुसार मेयर चौहानसंग भएको छलफलमा १० दिनभित्र समस्याको समाधानसहित,खर्च बिवरण सार्वजनिक गर्ने सहमती भएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्