spot_img

बिरगंज यातायात प्रमुख रेग्मी र करारका कर्मचारी गुरुङ अबैध लाइसेन्स बनाई मालामाल हुँदै

पढ्न छुटाउनुभयो ?

असार  02 / पर्सा 

अहिले बिरगंज यातायात कार्यलयमा अबैध लाइसेन्स बनाउने धन्दा फस्टाएको छ। बिरगंज यातायात कार्यलयका प्रमुख रेग्मी र उनको बिश्ववास पात्रको रुपमा रहेको शम्भु गुरुङले यातायात कार्यालय भित्र रहेको बिचौलियाहरु मार्फत मोटो रकम उठाई फेल भएकाहरुलाई पास गराउने गरेको नाम नछाप्रने सर्तमा एक बिचौलियाले बताएका छन ।

सेवाग्राहीका अनुसार मोटरसाइकल को लाइसेन्स बनाइए वापत दलालहरुले १५ हजार , जिप चारचक्काको ३० देखि ३५ हजार भन्ने हेबी लाईसेन्सको ७५ हजार देखि १ लाख सम्म रुपैया लिई नयाँ लाईसेन्स दिने गरेको छन ।

अहिके सवारी लाइसेन्सका लागि हुने लिखित तथा ट्रायल परीक्षाको सम्पुर्ण जिम्मेवारी प्रमुख रेग्मीले कार्यालय सहयोगी सम्भु गुरुङलाई दिएका छन । करारका कर्मचारी भएपनी यातायात कार्यलय बिरगंजमा जो पनि प्रमुख आए पनि सबै अबैध धन्दा गराउने जिम्मेवारी शम्भु गुरुङलाई नै दिने गरेका छन। उनी बिचौलिया मार्फत पैसा उठाउने विभिन्न शक्तिशाली ब्यक्ति मन्त्रीहरुको आगेपाछे विभिन्न निकायका प्रमुखहरु लाई कोटा निर्धारण गरि दिने गरेका छन ।

विगतको दिनमा सो कार्यालयमा हुने ट्रायल परिक्षा र लिखित परिक्षाको दिन अख्तियारको टोली पुगीर आफ्नो रोहबरमा आर्थिक कारोबार बन्द गराएको र अहिले अख्तियार टोली नआउदा व्यापक रुपमा भ्रष्टचार बढे पछि अख्तियार माथि नै शंकाको बिषय बनेको सेवाग्राहीहरुले बताएका छन।

त्यस्तै यातायात कार्यालयको प्रमुख उमेश रेग्मीले कार्यालय भित्र बिचौलियाहरु प्रयोग गरी अवैध रुपले फर्म भरि लिखित परीक्षा र ट्रायल परीक्षा फेल भएका व्यक्तीको भिडियो इडिट गरि पास गराउने गरेको स्रोतले जनाएका छन्।

यातायात कार्यालयका प्रमुख रेग्मी र करारका कार्यालय सहयोगी शम्भु गुरुङले यातायात कार्यालयबाट अवैध रुपले कमाई करोडौं रुपैयाको सम्पति जोडे पनि सम्पति शुद्धीकरण बिभागको ध्यान जान सकेको छैन। उनी अबैध पैसा जोडेर अहिले लाखौं पर्ने गाडी चढिरहेका छन। एउटा करार का कार्यलय सहयोगि ले भ्रष्टाचार गरि यतिका सम्पत्ति जोडेर राखेका छ। तर पनि अख्तियारको ध्यान जान सकेको छैन। यस विषयमा छिटो भन्दा छिटो कार्वाही गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

हेरोइनसहित मुस्तुफा पक्राउ

वीरगंज, १ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । बुधवार वीरगंज...

सम्बन्धित खबर