spot_img

वीरगंजबाट लाइसेन्स वितरणमा प्रदेश सरकारको रोक

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ भदौ । यातायात कार्यालय वीरगञ्ज पर्साबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को वितरणमा आजको मितिदेखि रोक लगाइएको छ ।
प्रदेश सरकारले यातायात कार्यालय वीरगञ्जको नाममा एक पत्र लेख्दै तत्कालका लागि सवारी चालक अनुमति पत्रको सबै प्रक्रिया रोक्न आदेश दिएको छ ।
प्रदेश सरकारले लेखेको पत्र अनुसार वीरगञ्ज यातायात कार्यालयले एक सूचना जारी गर्दै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा अर्काे आदेशसम्म नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
यातायात कार्यालय वीरगञ्जले सूचनामार्पmत भनेको छ, ‘प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले अनुमति विना कुनैपनि वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न भनेको छ, त्यसकारण यो पत्रकारको आधारमा १४ भदौंदेखि सञ्चालन हुने सम्पूर्ण लिखित र प्रयोगात्मक परीक्षा अर्काे आदेश नभएसम्मको लागि स्थगित गरिएको छ ।’
प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यही १२ गते यातायात कार्यालय पत्र लेख्दै कुनै वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न आदेश दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ११ कात्तिक : बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आउँदो बिहीबारदेखि शनिबारसम्म नेपालको...

सम्बन्धित खबर