spot_img

अस्पतालका कबाड सामान गुपचुप बिक्री

पढ्न छुटाउनुभयो ?

धर्मेन्द्र चौरसिया, पोखरिया, १३ माघ/प्रादेशिक अस्पताल पोखरियाका कर्मचारीहरूले विनासूचना अस्पतालका कबाड सामानहरू बिक्री गरेर रकम हिनामिना गरेका छन् ।

अस्पताल स्रोतका अनुसार बिग्रिएका मेशिनरी सामान, फर्निचर, टङ्कीलगायतका कबाडका सामानहरू कर्मचारीले स्थानीय कबाडीलाई बिक्री गरेका र सोबापत प्राप्त डेढ लाख रकम आफूहरूबीच बाँडफाँड गरेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आनन्द रौनियारले मुख्यमन्त्री कृष्णप्रसाद यादव अस्पताल निरीक्षणका क्रममा आउँदा आफूले कबाडका सामानहरूलाई व्यवस्थित पार्न भनेको तर बिक्रीका लागि नभनेको बताए ।

उनले सरकारी स्वामित्वका सामानहरू विनासूचना बिक्री गर्न नपाइने र बिक्री भएका सामानहरूबाट प्राप्त रकम सरकारी कोषमा दाखिला हुनुपर्ने बताए । उनले यसबारेमा आफूलाई थाहा नभएको र यसबारेमा छानबीन गरी दोषीलाई कारबाई गर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर