spot_img

‘प्रचण्ड’ र माधव नेपालद्वारा एक साताभित्र निर्वाचन समीक्षा प्रतिवेदन पेश गर्न निर्देशन

पढ्न छुटाउनुभयो ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पार्टीका सबै निर्वाचन क्षेत्रबाट साताभित्र विस्तृत समीक्षा प्रतिवेदन केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिएका छन्।

बिहीबार जारी ‘निर्वाचन विशेष निर्देशन-३’ मा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन असामान्य परिस्थितिमा भएको उल्लेख गरिएको छ। निर्देशनमा निर्वाचन प्रक्रिया विभिन्न आशंका, अनिश्चितता र षड्यन्त्रको पृष्ठभूमिमा सम्पन्न भएको उल्लेख गर्दै यसले लोकतन्त्र पुनस् सक्रिय बनाउने अवसर सिर्जना गरेको जनाइएको छ।

निर्देशनअनुसार मतदाताले दिएको जनमतको आधारमा पार्टीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने छ र निर्वाचन परिणामले राष्ट्र र राष्ट्रिय राजनीतिमा पार्ने प्रभावलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

 

पार्टीले एकता प्रक्रियाबाट अघि बढे पनि संगठन समायोजन पूरा नहुँदै निर्वाचनमा होमिनुपरेको, चुनाव चिन्ह र पार्टी विचार–नीति जनतामाझ पर्याप्त रूपमा स्थापित नभएको र केही घटनाक्रम र भ्रामक प्रचारका कारण अपेक्षित नतिजा नआएको निर्देशनमा उल्लेख गरिएको छ।

निर्देशनमा प्रत्यक्षतर्फ पार्टीका आठ जना उम्मेदवार विजयी भएको र समानुपातिकतर्फ नौ सिट प्राप्त भएको जानकारी दिइएको छ। निर्वाचनमा खटिएका नेता, कार्यकर्ता, समर्थक र मतदाताप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचित सांसदलाई बधाई पनि दिइएको छ।

निर्वाचन समीक्षा प्रतिवेदनमा प्रचार अभियान योजना, आर्थिक परिचालन, प्रचार सामग्रीको उत्पादन र वितरण, डिजिटल मिडिया तथा सामाजिक सञ्जालको प्रयोग, बुथ समिति निर्माण, स्वयंसेवक परिचालन, उम्मेदवारको व्यक्तित्व र योग्यता, नेता-कार्यकर्ताको सक्रियता, प्रतिस्पर्धी दलको गतिविधि, प्रत्यक्ष र समानुपातिक मत विवरण, निर्वाचन परिचालन चुनौती, पार्टीका सबल तथा कमजोर पक्ष र आगामी सुधारका सुझाव समेट्न निर्देशन दिइएको छ।

पार्टीले समीक्षा प्रतिवेदन यथाशीघ्र तयार पारेर केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने उल्लेख गर्दै यसले आगामी राजनीतिक रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर