काठमाडौँ । राप्रपा नेता डा.धवलशमशेर राणा नेतृत्वको राजसंस्था पूनर्स्थापनाका लागि गठित जनआन्दोलन परिचालन समितिले विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ । संवैधानिक राजसंस्था पुनर्स्थापना, सनातन हिन्दुराज्य पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको पक्षमा रहेका राजनैतिक दल, सङ्घसंस्था तथा अभियानहरूको सहभागी बैठकले राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।बैठकले संयुक्त जनआन्दोलनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरू समेत गठन गर्दै लैजाने निर्णय पनि गरेको छ । आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा एकताबद्ध भई सहकार्य गर्न सबै राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरूलाई हार्दिक अपिल समेत गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
धवलको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन
प्रतिक्रिया लेख्नुहोस्