spot_img

विद्युत चोरीमा संलग्न ८ जना पक्राउ, १ थान मोटर समेत बरामद

पढ्न छुटाउनुभयो ?

पर्सा, पोखरिया — मिति २०८२ जेठ २८ गते राति नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) पोखरिया वितरण केन्द्रको टोलीले विद्युत चोरी नियन्त्रणको लागि गरेको विशेष अपरेसनमा ८ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ। उनीहरू पोखरिया वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा डाइरेक्ट हुकिङ मार्फत अनाधिकृत रूपमा विद्युत प्रयोग गरिरहेका अवस्थामा पक्राउ परेका हुन्।

विद्युत चुहावट नियन्त्रण टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सहयोगमा उक्त अपरेसन सञ्चालन गरेको थियो। अपरेसनका क्रममा प्रयोगमा ल्याइएको १ थान मोटर समेत बरामद गरिएको प्राधिकरणले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय, पोखरिया पर्सामा बुझाइएको छ।

नेपाल विद्युत प्राधिकरण, पोखरिया वितरण केन्द्रले आम सर्वसाधारणलाई विद्युत चोरी नगर्न र यस्ता अवैध कार्यको जानकारी निकटतम प्राधिकरण वा प्रहरीलाई दिन अनुरोध गरेको छ। प्राधिकरणले विद्युत चुहावट रोक्न नियमित रूपमा निगरानी र कारवाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
ads
ads
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ...

सम्बन्धित खबर