spot_img

५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ साउन । पाँच किलो लागूऔषध गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्लाको डुमरा निवासी २९ वर्षीय सावन शर्मा रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले बाराको विश्रामपुर गाउँपालिका ४ स्थित बलिरामपुर स्कुल नजिकैबाट शर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपालबाट भारततर्फ टाउकोमा कालो झोला बोकी लुकीछिपी गइरहेका अवस्थामा देखिएपछि प्रहरीले उनलाई रोकी जाँचका क्रममा उनको झोलाबाट करिब पाँच किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । पक्राउ परेका शर्मामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा एक वर्षे उपलब्धि सार्वजनिक

काठमाडौँ, असार ३२ — खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा खानेपानी मन्त्रालयले भौतिक,...

सम्बन्धित खबर