spot_img

बाघको आक्रमणबाट २ जना घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते भएका छन् ।
पथलैया बाट रौतहट जादै गरेको ना.३६ प ५०११ नं.को मोसालाई बाघले आक्रमण गर्दा मोसा चालक, रौतहट, बौधिमाई नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३० को कृष्ण साह र पछाडि बस्ने वर्ष ३५ को राजु साह घाइते भएका छन् । दुवैजनाको सामुदायिक अस्पताल निजगढ, बारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त एरियामा सुरक्षा सतर्कता अपनाई आवतजावत गर्न सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

कर्तव्य ज्यान मुद्दाका फरार अन्सारी पक्राउ

वीरगंज, १३ कात्तिक । कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद र रू. १० हजार जरिवाना तोकिएपछि फरार भएका एकजना...

सम्बन्धित खबर