spot_img

Live From The Field

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ फागुन । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवाका दर्जनौं विद्यार्थीहरू अचानक बेहोश भएका छन् ।
प्राथर्ना भएपछि कक्षाकोठामा जान लाग्दा एक्कासि विद्यार्थीहरू बेहोस हुन थालेको इप्रका पोखरीयाले जनाएको छ । कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थीहरू बेहोस भएपछि शिक्षक, कर्मचारी तथा स्थानीय अभिभावकहरूले विद्यार्थीहरूलाई तत्काल पोखरिया अस्पताल पु¥याएका छन् ।
विद्यालयका शिक्षकका अनुसार विद्यार्थीहरूको अचानक टाउको दुख्ने, कमजोरी महसुस भएर बेहोश भइ भुइँमा लड्न थालेका थिए । बेहोश हुनुको कारणवारे अस्पतालले औपचारिक जानकारी दिएको छैन ।्
वडाध्यक्ष संजय साहले अस्पतालमा १६ जना विद्यार्थीहरू उपचारत रहेको र तिनीहरुको अवस्था सामान्य रहेको जानकारी दिए । विद्यार्थीहरू बेहोस भएपछि विद्यालय बन्द गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

कर्तव्य ज्यान मुद्दाका फरार अन्सारी पक्राउ

वीरगंज, १३ कात्तिक । कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद र रू. १० हजार जरिवाना तोकिएपछि फरार भएका एकजना...

सम्बन्धित खबर