दिपक कुशवाहा वीरगज,२० जेठ/वीरगज महानगरपालिका अन्र्तगत मुसैली टोलमा रहेको आर्दश क्रसेर उधोगमा गएराती एक मजदुरको मृत्यु भएको समाचार प्राप्त भएको छ ।
मृत्यु हुनेमा सोही गाउनिवासी अजय मण्डल रहेका छन । उनी सो उधोगका मजदुर रहेको उनको मृत्यु क्रसरमा लागाईएको बेल्ट भाचिएर उनको मत्यु घटना स्थलमा नै भएको प्रहरी नायव उपरिक्षक किसोर लाम्शालले बताए । मृतकको शवलाई आज बिहान ११ बजे निकालिएको थियो । रातीमा नै घटना घटेको छ, सोही बेला प्रहरीलाई खबर हुनु पर्थेयो तर प्रहरीलाई १० बजे अन्य स्रोतबाट सुचना पाएको प्रहरीको भनाई छ । घटना लुकाउनका संचालकले प्रयास गरेपनि असफल भएपछि प्रहरीलाई खबर गरेका पाईएको छ । 

सो क्रसरमा लाखौ घनफिट गिटी बालुवा भण्डारण अहिले गरिएको छ । जुन आफैमा नियम बिपरित छ । संचालकले सरोकारवालाहरुलाई आर्थीक प्रभावमा पारि आफनो उधोगमा गिटी बालुवा भण्डारण गरेका छन । भेडहा, कर्जनिया लगाएतका नदिमा अबैध तरिकाले उत्खन्न गरि सो क्रसरमा भण्डार गरिएको स्थानियहरुको आरोप छ ।क्रसरका संचालक दिनेश यादव तथा मुन्सी अहिले फारार रहेका छन भन्ने मृतकसगै काम गरिहेका एक जना मजदुर प्रहरी नियन्त्रणमा रहेका छन ।
स्थानियका अनुसार दुईजना मजदुर काम गरिहेको अवस्थामा एकजना दुर्घटनामा परेपछि तत्काल उदार गरिएको भए उनको ज्यान बाचिन्थ्यो । तर संचालकको चरम लापारवाहीको कारण उनको ज्यान गएको परिवारजनको आरोप रहेको छ । मृतकको शव पोष्टर्मटमपछि परिवारले बुझि लगेको प्रहरीले जनाएका छन ।
प्रतिक्रिया लेख्नुहोस्