spot_img

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ । जेठ १८ गते राति जिल्ला पर्सा वीरगंज महानगरपालिका–२९ मुसैली स्थित श्री आदर्श क्रसर उद्योग प्रा.लि.मा लेवरको काम गर्ने कामदार सोही ठाउँ बस्ने वर्ष १८ को अजय मण्डलले ढुङगा फोड्ने क्रममा मेसिनको अचानक बेल्ट चुडी ढुङ्गाको धुलो, बेल्टले बेरिएर पुरिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्र.स.नि. ऋषीराम भट्टराई र इ.प्र.का. पटेर्वा सुगौलीका प्र.नि. प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले मृतकलाई ढुङ्गाको धुलोबाट निकाल्ने कार्य गरेको जिप्रका, पर्साका प्र.ना.उ. किशोर लम्सालले जनाएका छन् । शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको र अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर