वीरगंज, ३० जेठ ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ मधेस प्रदेश उपाध्यक्ष पदका लागि वीरगंज महानगरपालिकाको छपकैया निवासी सुधीर कर्णले उम्मेदवारी दिएका छन् ।
काठमाडौंमा शुक्रवारदेखि शुरू संघको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान हुनेछ । नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा पर्साका कर्णले प्रदेश उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
जेठ ३०–३१ गते भइरहेको १३औं केन्द्रीय महाधिवेशनमा मधेस प्रदेश उपाध्यक्ष पदको उम्मेदवारी दिएका कर्णले स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता रहेको बताए । उनले संस्थागत र कर्मचारी हकहित आफ्नो प्रतिबद्धता रहेको बताए ।
संस्थागत सुशासन र श्रमिक वर्गको सम्मानको लागि मधेस प्रदेश उपाध्यक्ष पदमा आफूलाई अत्यधिक मत दिएर विजयी गराउन सम्पूर्ण नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका सदस्यहरुलाई आग्रह गरेका छन् ।
कर्ण हाल नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रमा कार्यरत छन् ।
प्रतिक्रिया लेख्नुहोस्