spot_img

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ मधेस प्रदेशको उपाध्यक्ष पदका लागि कर्णको उम्मेदवारी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० जेठ ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ मधेस प्रदेश उपाध्यक्ष पदका लागि वीरगंज महानगरपालिकाको छपकैया निवासी सुधीर कर्णले उम्मेदवारी दिएका छन् ।
काठमाडौंमा शुक्रवारदेखि शुरू संघको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान हुनेछ । नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा पर्साका कर्णले प्रदेश उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
जेठ ३०–३१ गते भइरहेको १३औं केन्द्रीय महाधिवेशनमा मधेस प्रदेश उपाध्यक्ष पदको उम्मेदवारी दिएका कर्णले स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता रहेको बताए । उनले संस्थागत र कर्मचारी हकहित आफ्नो  प्रतिबद्धता रहेको बताए ।
संस्थागत सुशासन र श्रमिक वर्गको सम्मानको लागि मधेस प्रदेश उपाध्यक्ष पदमा आफूलाई अत्यधिक मत दिएर विजयी गराउन सम्पूर्ण नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका सदस्यहरुलाई आग्रह गरेका छन् ।
कर्ण हाल नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रमा कार्यरत छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर