spot_img

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ मधेस प्रदेशको उपाध्यक्ष पदका लागि कर्णको उम्मेदवारी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० जेठ ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ मधेस प्रदेश उपाध्यक्ष पदका लागि वीरगंज महानगरपालिकाको छपकैया निवासी सुधीर कर्णले उम्मेदवारी दिएका छन् ।
काठमाडौंमा शुक्रवारदेखि शुरू संघको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान हुनेछ । नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा पर्साका कर्णले प्रदेश उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
जेठ ३०–३१ गते भइरहेको १३औं केन्द्रीय महाधिवेशनमा मधेस प्रदेश उपाध्यक्ष पदको उम्मेदवारी दिएका कर्णले स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता रहेको बताए । उनले संस्थागत र कर्मचारी हकहित आफ्नो  प्रतिबद्धता रहेको बताए ।
संस्थागत सुशासन र श्रमिक वर्गको सम्मानको लागि मधेस प्रदेश उपाध्यक्ष पदमा आफूलाई अत्यधिक मत दिएर विजयी गराउन सम्पूर्ण नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका सदस्यहरुलाई आग्रह गरेका छन् ।
कर्ण हाल नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रमा कार्यरत छन् ।

प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

लागूऔषध ओसारपसारमा संलग्न तीनजना पक्राउ

वीरगंज, ३२ असार । जिल्ला प्रहरी कार्यालय, बाराले लागू औषध एम्पुल ओसार पसार कार्यमा संलग्न तीनजना व्यक्तिलाई पक्राउ गरेको...

सम्बन्धित खबर