spot_img

खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा एक वर्षे उपलब्धि सार्वजनिक

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, असार ३२ — खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा खानेपानी मन्त्रालयले भौतिक, नीतिगत र कूटनीतिक क्षेत्रका उपलब्धिहरू सार्वजनिक गरेको छ।

२०७८ असार ३१ गते मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री यादवको नेतृत्वमा मेलम्ची आयोजनाको रिवर्मा खोला मार्ग हुँदै काठमाडौँ उपत्यकामा वर्षभरि पानी आपूर्ति गरिने व्यवस्था सफलतापूर्वक कार्यान्वयनमा आएको उल्लेख गरिएको छ। मन्त्रालयले आर्थिक वर्ष २०७८/८२ मा करीब १२ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त गर्दै ८६ प्रतिशत पूँजीगत खर्च गरेको पनि जानकारी दिएको छ।

८६ वटा खानेपानी आयोजना सम्पन्न

यस एक वर्षको अवधिमा उर्लाबारी, बेलडाँगी, चितवन, इलाम, हेटौंडा लगायत ८६ वटा प्रमुख आयोजना सम्पन्न भई सञ्चालनमा आएको छ। काठमाडौँ चक्रपथ बाहिर मेलम्ची पानी विस्तारका लागि ५ वटा प्याकेजमा सार्वजनिक खरिद प्रक्रिया थालिएको छ।

झापा, वीरगञ्ज, पोखरा, हेटौंडा, बुटवल लगायतका सहरहरूमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गरिएको छ। साथै, कीर्तिपुर र महाँकालचौरमा उच्च क्षमताका पानी ट्याङ्की निर्माण तथा सुन्दरीजलमा आधुनिक प्रशोधन केन्द्रको खरिद प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

१३३ किलो गाँजा बरामद, कार चालक फरार

रौतहट, ६ साउन । रौतहट जिल्लाको गरूडास्थित झाझ खोला नजिकबाट ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट...

सम्बन्धित खबर