spot_img

१३३ किलो गाँजा बरामद, कार चालक फरार

पढ्न छुटाउनुभयो ?

रौतहट, ६ साउन । रौतहट जिल्लाको गरूडास्थित झाझ खोला नजिकबाट ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग३च ६७९६ कारलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी हाँकेर भाग्ने प्रयास गरेको थियो । इलाका प्रहरी कार्यालय गरूडाको टोलीले मंगलवार बिहान उक्त गाडी गरूडा नगरपालिका–५ को झाझ खोला नजिक करिब २० फिट गहिरो खेतबाट बरामद गरेको छ भने चालक उखुवारी हुँदै फरार भएका छन् । प्रहरीले क्रेनको सहायताले रातो रड्ढो ब्रेजा कारलाई खेतबाट निकालेको छ । कार चेकजाँचको क्रममा १३३ किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीले बताए । उनले गाँजाको तस्करीवारे गहन अनुसन्धान भइरहेको जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर