spot_img

१३३ किलो गाँजा बरामद, कार चालक फरार

पढ्न छुटाउनुभयो ?

रौतहट, ६ साउन । रौतहट जिल्लाको गरूडास्थित झाझ खोला नजिकबाट ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग३च ६७९६ कारलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी हाँकेर भाग्ने प्रयास गरेको थियो । इलाका प्रहरी कार्यालय गरूडाको टोलीले मंगलवार बिहान उक्त गाडी गरूडा नगरपालिका–५ को झाझ खोला नजिक करिब २० फिट गहिरो खेतबाट बरामद गरेको छ भने चालक उखुवारी हुँदै फरार भएका छन् । प्रहरीले क्रेनको सहायताले रातो रड्ढो ब्रेजा कारलाई खेतबाट निकालेको छ । कार चेकजाँचको क्रममा १३३ किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीले बताए । उनले गाँजाको तस्करीवारे गहन अनुसन्धान भइरहेको जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ, ८ पुसः सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति...

सम्बन्धित खबर