spot_img

वीरगंजमा मंगलवार बिहानसम्म कफर्यु जारी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारीले मंगलवार बिहान ९ बजेसम्मको लागि कफर्यु आदेश जारी गरेका छन् । सोमवार बेलुकी ९ः०० बजेदेखि २०८२।०५।२४ गते मंगलवार विहान ९ः०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्र भित्रका तपसिल बमोजिमका स्थानहरूमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफर्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जनाएका छन् ।
पूर्व बाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चौक र दक्षिण शंकराचार्य गेटसम्म मंगलवार बिहानसम्म कफर्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले आज साँझ सूचना जारी गरी जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img







- Advertisement -spot_img
spot_img

ताजा खबर

बारामा बिहीवार रातिदेखि कफर्यू आदेश

बारा, २६ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा बिहिवार राति देखि फेरी कफर्यू आदेश जारी गरेको छ...

सम्बन्धित खबर