spot_img

चित्रांश युवा समितिद्वारा प्रथम कायस्थ सुपर सिक्स क्रिकेट सम्पन्

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा वीरगञ्ज , चित्रांश युवा समितिको आयोजनामा प्रथम ‘कायस्थ सुपर सिक्स नकआउट क्रिकेट प्रतियोगिता’ शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम
चित्रगुप्त समितिका अध्यक्ष महेश दास र चित्रांश युवा समितिका अध्यक्ष राजन श्रीवास्तव दुबई जनाको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अरविन्द लाल कर्ण रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा डा. अशोक दास, राहुल श्रीवास्तव (अध्यक्ष, पेबसन वीरगञ्ज), रत्नेश्वर श्रीवास्तव (महाप्रबन्धक, त्रिशक्ति सिमेन्ट), डा. श्यामसुन्दर लाल दास, बसु कर्ण, अरुणकुमार लाल कर्ण, प्रभुनारायण लाल कर्ण, राजीव श्रीवास्तव, दीपक कर्ण, प्रसन कुमार कर्ण, निवा दास, अनन्तकुमार दास, नबिनकुमार श्रीवास्तव (प्रमुख प्रशासकीय अधिकृत, दुर्गाभगवती), तथा गौरव वर्मा लगायतको उपस्थिति रहेको थियो । पत्रकार जगत राय, राधेश्याम पटेल, राजु साह र कृष्ण श्रीवास्तव पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।

त्यसैगरी अन्य अतिथिहरूमा राजीव श्रीवास्तव, बीटूबाबू श्रीवास्तव, ओम कर्ण, रीता देवी, नरेन्द्र कर्ण र वीरगञ्ज महानगर खेलकुद समिति अध्यक्ष प्रकाश शर्मा पनि उपस्थित हुनुभएको थियो । कार्यक्रमका संयोजक मिहिर कुमार कर्ण र प्रकाश कुमार कर्ण रहनुभएको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि अरविन्द लाल कर्णज्यूले बेटबाट बल हिर्काएर गर्नुभएको थियो । उद्घाटनसँगै खेल तालिका सार्वजनिक गर्दै बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म खेलहरू सञ्चालन भएका थिए । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा कायस्थ किङ्स टिमले ९६ रनको लक्ष्य पूरा गर्दै विजेता बन्न सफल भयो । विजेता टोलीले रु. ११,००० नगद, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता कायस्थ याक्स टिमले ९५ रन बनाएर दोस्रो स्थान हासिल गर्‍यो ।

मुख्य अतिथि अरविन्द लाल कर्णले खेलकुदले युवाहरूमा अनुशासन, सद्भाव र आपसी एकता बढाउने बताउँदै यस्ता प्रतियोगिताले समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन वीरगञ्जको ग्यान्डा एकेडेमीको मैदानमा गरिएको थियो भने समापन कार्यक्रम चित्रगुप्त मन्दिरको भवनमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाए

काठमाडौँ, ६ कात्तिकः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले...

सम्बन्धित खबर