spot_img

परवानीपुर बजारमा ढलान फोडेर पुनर्निर्माण शुरू

पढ्न छुटाउनुभयो ?

वीरगज फागुन बाराको परवानीपुर गाउँपालिक–३ स्थित परवानीपुर बजारमा पुनर्निर्माणको काम शुरू गरिएको छ । गापाको करीब तीन करोड रुपैयाँ बजेटमा बजारलाई व्यवस्थित बनाउने योजना अघि बढाइएको हो । सोही योजना अनुसार यही फागुन २३ गतेदेखि पुरानो पक्की ढलान फोडेर नयाँ संरचना निर्माणको काम शुरू गरिएको हो । तर गापाको यो कदमप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । उनीहरूले यसलाई बालुवामा पानी खन्याएको जस्तो भन्दै आलोचना गरेका छन् ।

स्थानीयका अनुसार तत्कालीन गापाध्यक्ष हरिनारायण गुप्ताको कार्यकालमा करीब ३० लाख रुपैयाँ खर्च गरेर बजारमा ढलान गरिएको थियो । त्यसपछि मधेस प्रदेश सरकारको करीब एक करोड १० लाख रुपैयाँ बजेटबाट २४ वटा सटर निर्माण गर्ने योजना पनि अघि बढाइएको थियो ।

तर ती सटरहरू अझै सञ्चालनमा आउन नसकेको स्थानीय व्यापारीहरूले बताए । परवानीपुर बजारमा अहिले वीरगंज–पथलैया सडकको पूर्वी लेनमा बजार लाग्दै आएको छ । पहिले आइतवार र बिहीवार मात्र बजार लाग्ने गरे पनि अहिले सातै दिन बजार सञ्चालन हुने गरेको छ ।

प्रत्येक दिन सयौं उपभोक्ताले किनमेल गर्ने बजारलाई व्यवस्थित बनाउन हालसम्म प्रभावकारी काम हुन नसकेको भन्दै स्थानीयले गापाध्यक्ष रामक्षेत्री राउत कुर्मीको आलोचना गरेका थिए । व्यापारीहरूले बजार स्थानान्तरण भएको दुई महीना बितिसक्दा पनि सेड निर्माणको काम ढिलो भएको गुनासो गरेका छन् । डेढ वर्ष अघि २४ वटा सटरका लागि टेन्डर प्रक्रिया शुरू भएपनि सटर सञ्चालनमा नआएको बताइएको छ । सटरको भाडा अस्वाभाविकरूपमा बढी तोकिएको भन्दै केही समय अघि गापा र व्यापारीबीच विवाद सिर्जना भएको थियो ।

यस विषयमा गापाध्यक्ष कुर्मीले विगतको सरकारको समयमा ढलान गरिएको भएपनि वर्तमान आवश्यकता अनुसार नयाँ योजना ल्याइएको बताए । उनले विकासका लागि केही विनाश आवश्यक हुन्छ भन्दै बजारको केही भाग फोडेर पिलरसहितको ढलान गरी वीरगंजको मीनाबजार जस्तै सेड निर्माण गरिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले सेडसहित व्यवस्थित बजार निर्माण भएपछि सटरहरू पनि सञ्चालनमा आउने बताए । उनले २४ वटा सटरको टेन्डर प्रक्रिया पूरा भएपनि हाललाई स्थगित गरिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवन कारागारबाट भागेका ७४३ मध्ये १०० अझै फरार, ११ भारतीय नागरिकसमेत खोजीमा : गम्भीर अपराधी छुट्दा सुरक्षा चिन्ता बढ्यो

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय...

सम्बन्धित खबर