spot_img
Home Blog

ठगी तथा अवैध वित्तीय कारोबार गरेको आरोपमा तीन जना पक्राउ

वीरगंज, २७ कात्तिक । ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बाराको विश्रामपुर गाउँँपालिका–२ का २१ वर्षीय राहुल मण्डल, वीरगंज महानगरपालिका–२९, मुसौली टोलका ३५ वर्षीय कृष्णप्रसाद साह र सोहि ठाँउका १४ वर्षीय नाबालकलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
कात्तिक २६ गते १२ बजे वीरगंज महानगरपालिका–८ स्थित प्रभु अस्पताल अगाडी सडकखण्डमा केही गिरोहले विभिन्न ब्यक्तिहरूलाई प्रलोभनमा पारी फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत अनलाईन खाता खोल्ने, फिसिङ्, ओटिपी फ्रड, जागिर दिने प्रलोभनमा पार्ने, अनलाइन ब्यवसायी लगायतका गतिविधि सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका ब्यक्तिहरूले विभिन्न ब्यक्तिको बैंक खाता र अन्य डिजिटल वालेट प्रयोग गरी १० करोड भन्दा बढिको अबैध कारोबार गरेको पाइएको छ ।
प्रहरीले उनीहरूबाट विभिन्न बैंकका ४३ वटा एटीएम कार्ड बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूलाई बैंकिङ कसुर मुद्दामा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत पर्साबाट ३ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक बस्नेत जानकारी गराएका छन् ।

९ केजी गाँजासहित तीनजना भारतीय पर्साबाट पक्राउ

वीरगंज, २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले ९ केजी ३८० ग्राम लागु औषध गाँजा सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको जनाएको छ ।
सूचनाको आधारमा कात्तिक २६ गते मध्यान्ह १२ः०० बजेको समयमा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.९ बडेर्वा पेट्रोलपम्प स्थित सडकखण्डबाट प्रहरी चौकी मनवाको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ संकाष्पदरूपमा तीन जना पैदल हिंडिरहेका व्यक्तिहरूलाई खानतलासी गर्दा गाँजा बरामद भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएको छ ।
पक्राउ पर्नेमा भारत विहार बैशाली जिल्ला विदुपुर ग्राम बस्ने वर्ष २३ को राजा कुमारको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ३ के.जी. १९० ग्राम, सोही ठाउँको राजामाइकल पञ्चायत बस्ने वर्ष २३ को बिशाल कुमारको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ३ के.जी.२५० ग्राम र छपरा जिल्ला सोनपुर ग्राम वडा नं.३ बस्ने वर्ष २४ को पिन्टु कुमारको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ३ के.जी.३०० ग्राम गरी जम्मा प्लाष्टिक वाहेक ९ के.जी.३८० ग्राम गाँजा बरामद भएको प्रवक्ता बस्नेतले जानकारी गराए ।
उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जानकारी गराएको छ ।

८ किलो गाँजासहित एकजना पक्राउ

वीरगंज, २६ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको जनाएको छ । कात्तिक २३ गते जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने खेदु महतो धानुकले सञ्चालन गरेको किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण लगायतको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ८ किलो गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् । वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसल पछाडी पट्टी रहेको कोठामा नीलो रंगको प्लाष्टिकको ड्रममा लुकाई छिपाइ राखिएको लागु औषध गाँजा ८ के.जी फेला परेपछि खेदु महतो धानुकलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महिलाबीच विवादः चक्कु लागेर महिला घाइते

वीरगंज, २६ कात्तिक । वीरगंजमा दुई महिलाहरुबीच एकापसमा भएको विवादमा एकले अर्कोलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । वीरगंज महानगर–३ चित्रगुप्त टोलमा डेरामा बस्ने खुसी कुमारी वर्णवालले छिमेकी ४२ वर्षीया नूतन कुमारी कर्णमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
रौतहटको गौर नगरपालिका–५ स्थायी घर भइ हाल वीरगंज–१ चित्रगुप्त टोलमै डेरा लिएर बस्ने २५ वर्षीया खुसी कुमारी बर्णवाललाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरिरहेको जनाएको छ ।
रामाशंकर मलिकको घरमा भाडामा बस्दै आएकी खुसीले नूतनमाथि छुरा प्रहार गरेपछि घाइते भएको र उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ । नूतन र खुशीबीच झैझगडा हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चक्कु प्रहार गर्ने खुशीलाई प्रहरीले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखेको प्रहरी निरीक्षक सुवेदीले बताए । दुवै जनाबीच झगडा भइरहेका बेला आवेशमा आएर खुशीले तरकारी काट्ने चक्कुले नुतनमाथि प्रहार गरेकी थिइन् । घाइतेको उपचार भइरहेको छ, भने उनको अवस्था सामान्य छ ।

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम, २५ कातिक : मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताउनुभएको छ ।
आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उहाँले आफू वर्तमान संविधानअनुसार मुख्यमन्त्री बनेको जानकारी दिँदै मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पार्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको बताउनुभयो । उहाँले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताउनुभयो । मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुराधे गर्नुभयो । रासस

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले बुझाए लिखित राजीनामा

वीरगंज, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रूपमा लिखित राजीनामा बुझाएका हुन। राजीनामा पत्रमा उनले लेखेका छन्, “म मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको छु। पदमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु।” प्रदेश प्रमुखको कार्यालयका अनुसार सोनलको राजीनामा पत्र दर्ता भइसकेको छ र औपचारिक रूपमा उनको कार्यकाल समाप्त भएको छ। सत्तारूढ गठबन्धनमा देखिएको आन्तरिक मतभेदका कारण उनले आज राजीनामा बुझाएको बुझिएको छ । राजीनामापछि अब मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको बताइएको छ। सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन् । शनिवार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखेका थिए । सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरूलाई अपराधीको संज्ञा दिए । उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थावारे के छ भनेर प्रश्न गरेका थिए । उनले सरकारमा भएका बेतिथीहरूका वारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए । उनले आफ्नो पार्टीले अब आफूलाई जे गरेपनि आफूले कसैलाई विश्वासको मत दिने बताए । सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरूको निकाश दिने नैतिक आधार नरहेको बताए । सांसद अन्सारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।

लोकतन्त्रको महापर्व अघि जनमत पार्टी पर्साको प्रेरक पहल, घर–घरमा पुगेर दिँदै मतदाता सचेतना

 

वीरगन्ज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको छ।

पार्टीले वीरगन्ज महानगरपालिका–१६ का नगवा र फुलवारी टोलमा शुक्रबार उत्प्रेरणामूलक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।सो क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले स्थानीय बासिन्दासँग भेटघाट गर्दै मतदाता नामावलीमा आफ्नो नाम अनिवार्य रूपमा दर्ता गराउन र मतदानमा सहभागी हुन आग्रह गरेका थिए।जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, “लोकतन्त्रको महापर्वमा कोही पनि नागरिक मताधिकार प्रयोगबाट वञ्चित नहोस्” भन्ने उद्देश्यले यो घरदैलो अभियान सञ्चालन गरिएको हो।
कार्यक्रममा नेताहरू भुपेन्द्र साह, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोषण पान्डे, दलित जिल्ला अध्यक्ष नरेश राम,जिल्ला सदस्यहरु सत्जिव साह,तुलसि राम, क्षेत्रीय संयोजक डा. मनोज साह ,निखिल चौरसिया, सुमित सिह,मन्जय साह लगायतको सक्रिय सहभागीता रहेको थियो।यो अभियान अहिले पर्साका गाउँ–गाउँ र बस्ती–बस्तीमा विस्तार हुँदै गएको छ।पार्टीले जनचेतनाको यो पहललाई निरन्तरता दिने र सबै नागरिकलाई मतदाता सूचीमा समेट्ने तयारी गरेको जनाएको छ।जनमत पार्टीले लोकतान्त्रिक सहभागिता र सचेत मतदाताको निर्माणलाई दीर्घकालीन लक्ष्यका रूपमा लिएको बताएको छ।

प्रहरीबाट लुटिएको हतियार सहित एकजना पक्राउ

 

दिपक , 20 कात्तिक /भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ थान हतियारसहित तारकेश्वरबाट पक्राउ गरेको हो। धमलाले सुरुमा पेस्तोल विक्री गर्न खोजेका थिए। अपरिचित भेषमा प्रहरी भने खरिदकर्ता बनेर उनसमक्ष पुगेको थियो। ग्राहक बनेर गएको प्रहरी र धमलाबीच सुरुमा हतियार हेर्ने र त्यसपछि कतिमा किन्ने भन्ने सहमति भयो।

बिक्रीका लागि हतियार देखाएका धमलालाई अनि मात्र थाहा भयो- खरिद कर्ताले नै हातमा हतकडी लगाइदिए। त्यसपछि प्रहरीले उनको कोठामा पनि खानतलासी गर्‍यो। त्यसक्रममा थप दुई वटा हतियार पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। धमला पठाओ चालक हुन्। उनलाई आज बुधबार पक्राउ गरेको हो। उनीसँग थप सोधपुछ र अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए।

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजनालाई बुधवार पक्राउ गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको सशस्त्र प्रनाउ पुरूषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतीय समकक्षी एएसबी ४७ बटालियन ए कम्पनी हेडक्वार्टर्स पन्टोकाबाट खटिएको ५ जनाको संयुक्त गस्ती टोलीले बुधवार १२ः३० बजेको समयमा कटुवा पेस्तोलसहित दुईजना नेपालीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्ला पर्सा वी.म.न.पा.–१६, इनर्वा र भारतको जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत –१, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं ३९०/२२ नजिकै संयुक्त गस्ती गर्ने क्रममा नेपालतर्फबाट वीरगंजको कुम्हालटोल घर बताउने अन्दाजी वर्ष १८ को सुमित कुमार मण्डल र जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.–७ बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवार झाडीमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुले बोरा भित्र कटुवा पेस्तोल थान–एक थान लुकाएको अवस्थामा फेला परेको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी वल नेपाल नं.१३ गण हे.क्वा.पर्साका सूचना अधिकारी स.प्र.ना.उ.विश्वराज योन्जनले जानकारी गराएका छन् ।

कर्तव्य ज्यान मुद्दाका फरार अन्सारी पक्राउ

वीरगंज, १३ कात्तिक । कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद र रू. १० हजार जरिवाना तोकिएपछि फरार भएका एकजना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
२०७८।०१।०३ गते ५ः०० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१७ अलौ बस्ने वर्ष २२ की रबिना खातुनलाई दाईजोको बिषयलाई लिएर मानसिक यातना तथा कुटपिट गरी हत्या गरी साहजिम मियाँँ अन्सारी फरार भएका थिए ।
रबिना खातुनलाई कुटपिट तथा कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका वीरगंज महानगरपालिका वडा नं.१७ बस्ने वर्ष २५ को साहजिम मियाँ अन्सारीलाई आज बिहान सूचना आधारमा प्रहरीले पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
अन्सारीलाई घरबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाउने जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।