spot_img

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, २५ कातिक : मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताउनुभएको छ ।
आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उहाँले आफू वर्तमान संविधानअनुसार मुख्यमन्त्री बनेको जानकारी दिँदै मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पार्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको बताउनुभयो । उहाँले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताउनुभयो । मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुराधे गर्नुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

कसरी जन्मियो आधुनिक गणतन्त्र ?

राजतन्त्रदेखि गणतन्त्रसम्मको हाम्रो वैश्विक यात्रा कुनै एउटा काल्पनिक कथा होइन, घाम झुल्किएर एकाएक उज्यालो भएको सुन्दर बिहान जस्तो पनि...

सम्बन्धित खबर