spot_img

प्रहरीबाट लुटिएको हतियार सहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

 

दिपक , 20 कात्तिक /भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ थान हतियारसहित तारकेश्वरबाट पक्राउ गरेको हो। धमलाले सुरुमा पेस्तोल विक्री गर्न खोजेका थिए। अपरिचित भेषमा प्रहरी भने खरिदकर्ता बनेर उनसमक्ष पुगेको थियो। ग्राहक बनेर गएको प्रहरी र धमलाबीच सुरुमा हतियार हेर्ने र त्यसपछि कतिमा किन्ने भन्ने सहमति भयो।

बिक्रीका लागि हतियार देखाएका धमलालाई अनि मात्र थाहा भयो- खरिद कर्ताले नै हातमा हतकडी लगाइदिए। त्यसपछि प्रहरीले उनको कोठामा पनि खानतलासी गर्‍यो। त्यसक्रममा थप दुई वटा हतियार पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। धमला पठाओ चालक हुन्। उनलाई आज बुधबार पक्राउ गरेको हो। उनीसँग थप सोधपुछ र अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवन कारागारबाट भागेका ७४३ मध्ये १०० अझै फरार, ११ भारतीय नागरिकसमेत खोजीमा : गम्भीर अपराधी छुट्दा सुरक्षा चिन्ता बढ्यो

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय...

सम्बन्धित खबर