spot_img

तस्करीको ८ सय किलो काजु बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ भदौं । सशस्त्र प्रहरीले भन्सार छलीको सात लाख मूल्य बराबरको ८ सय किलो काजु बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगंज महानगरपालिका–१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलस्थित एक गोदाममा छापा मारेर ८ क्वीन्टल काजु बरामद गरेको हो ।
सूचनाको आधारमा सोमवार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह र वीरगंज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको नृर्ततवमा खटिएको टोलीले बजरंग टोलस्थित मगनी राउतको घरमा रहेको गोदाममा भण्डारण गरी राखिएको काजु बरामद गरेको हो ।
राउतको घरमा गोदाम बनाई भण्डारण गरि राखिएको भन्सार छलीको काजु बरामद गरिएको सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित बजारमूल्य ७ लाख २० हजार रुपियाँँ रहेकोपनि उनले बताए । बरामद काजु आवश्यक कारबाईका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको र काजु धनीको वारेमा अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर