spot_img

लालबन्दीमा हतियारधारीद्वारा लुटपाट, गोली लागेर एकजना लुटेरा घाइते

पढ्न छुटाउनुभयो ?

सर्लाही, ४ असोज । लालबन्दी नगरपालिका–५ शान्तिटोलमा बिहीवार हतियारधारी समूहले लुटपाट गरेको छ ।
बिहीवार बिहान २ बजे रामचन्द्र ठाकुरको घरमा हतियारधारी समूह प्रवेश गरेका थिए । मुखमा रूमाल बाँधेर आएका ५–६ जनाको समूहले ठाकुरको घरबाट नगद र केही सामग्री लुटेर लगेको प्रहरीले जनाएको छ ।
प्रतिकारको क्रममा चक्कु प्रहारबाट ठाकुर घाइते भएको र उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
लुटेरा समूहले घरमा गोली प्रहार गर्दा उक्त गोली लुटेरा समूहलाई लागेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । घाइते लुटेरा धान खेतबाट भाग्दा रगतै रगतको टाटा देखिएको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर