spot_img

सर्पदंशबाट विश्रामपुरमा वृद्धको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० कात्तिक/
सर्पदंशबाट पर्सामा एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ७५ वर्षीय दरोगा राउत कुर्मी रहेका छन् ।
गत अष्टमीको राति १२ः३० बजे उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा उनको मृत्यु भएको थियो । सोही राति ८ः३० बजे छिमेकी रमेश कलवारको घरमा निस्केको सर्पलाई समात्न जाँदा सर्पले उनलाई टोकेको थियो । कुर्मी गरुड वर्ण भएको भन्दै यसअघि पनि घरमा निस्किने सर्पलाई समातेर बाहिर फाल्ने गर्थे ।
सर्प निस्किएको थाहा पाएपछि कलवार परिवारले उनलाई बताएपछि सर्प समात्न खोज्दा उनको बायाँ हातमा सर्प बेरिएर बसेको थियो । सार्वजनिक बिदाका कारण राति उनलाई अस्पताल ल्याउन ढिला भएको र अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।
उनको मृत्यु भएपछि वडाध्यक्ष एवं नगरप्रमुखले बेवास्ता गरेको आरोप लगाइएको छ । निकै गरीब परिवारका कुर्मीका दुईजना छोरा र पत्नी छन् । उनको ११ धुर जग्गाबाहेक अरू केही नहुँदा उनको काजक्रिया गर्न पनि समस्या भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर