spot_img

मेलामा विवाद हुँदा युवकको हत्या, दुई पक्राउ

पढ्न छुटाउनुभयो ?

१० कात्तिक, जनकपुरधाम । महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ हर्दियाटोलका १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।
हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।
दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए ।
घटनास्थलको मुचुल्का गरी आशिकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । पक्राउ गरिएका दुवै युवकको अहिले नाम खुलाइएको छैन ।
आज पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर