spot_img

पकहामैनपुरमा पुरूषको शव भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० कात्तिक ।
पर्साको पकहामैनपुर गाउँपालिकामा एक जनाको शव भेटिएको छ । पकहानमैनपुर गाउँँपालिकाको खेस्रहामा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
आज बिहान खेतमा काम गर्न गएको बेला ती पुरूष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
स्थानीयले खेतमा ती पुरूषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । यही सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए । उनका अनुसार अहिलेसम्म मृत्युको कारण खुल्न छैन ।
फेला परेको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । फेला परेको शव उठाउन घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म फेलाको शवको सनाखत हुन सकेको छैन ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर