spot_img

आगोमा जलेर बारामा एक महिलाको मृत्यु

पढ्न छुटाउनुभयो ?

बारा । बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदीप क्षेत्रीका अनुसार मानसिक अवस्था ठीक नरहेकी महिलाले हिजो बेलुका ८ बजेतिर आफ्नै कोठामा शरिरमा आगो लगाएकी थिन् । घरपरिवारले थाहा पाएपछि उद्धार गरी घाइते अवस्थामा उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना गरिएको थियो ।
गम्भीर अवस्थामा रहेकी उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी क्षेत्रीले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

अस्पतालका कबाड सामान गुपचुप बिक्री

धर्मेन्द्र चौरसिया, पोखरिया, १३ माघ/प्रादेशिक अस्पताल पोखरियाका कर्मचारीहरूले विनासूचना अस्पतालका कबाड सामानहरू बिक्री गरेर रकम हिनामिना गरेका छन् । अस्पताल...

सम्बन्धित खबर