spot_img

आगोमा जलेर बारामा एक महिलाको मृत्यु

पढ्न छुटाउनुभयो ?

बारा । बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदीप क्षेत्रीका अनुसार मानसिक अवस्था ठीक नरहेकी महिलाले हिजो बेलुका ८ बजेतिर आफ्नै कोठामा शरिरमा आगो लगाएकी थिन् । घरपरिवारले थाहा पाएपछि उद्धार गरी घाइते अवस्थामा उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना गरिएको थियो ।
गम्भीर अवस्थामा रहेकी उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी क्षेत्रीले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन,...

सम्बन्धित खबर