spot_img

व्यापारीहरूसँग महिनावारी असूल्ने नक्कली प्रहरी पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ मंसिर । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल गाउँँपालिका वडा नं. ८ लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोबिन्द महतो कोइरीलाई नियन्त्रणमा लिएको हो ।
कोइरीले विगत ५–६ महिना देखि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्दै गरेका थिए । कोइरीमाथि वीरगञ्ज वडा नं.२३ हरपतगञ्जका व्यापारीहरूसँग महिनावारी रकम असुली गरेको आरोप लागेको छ ।
ब्यापारीहरूसँग महिनावारी रकम उठाईरहेको भन्ने सुचना पाएलगत्तै प्रहरी कार्यालय सिर्सियाबाट खटिएको प्रहरी टोलीले कोईरीलाई नियन्त्रण लिएको हो । उनलाई वीरगञ्ज २३ सुगौली विर्तास्थित केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका कोइरीमाथि थप अनुसन्धान तथा कारबाई भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर