spot_img

२६ किलो चरेश–गाँजासहित दुईजना बाराबाट पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा लागुऔषध चरेश तथा गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारा प्रहरीले विशेष जाँचको क्रममा २६ किलो लागुऔषध चरेश तथा गाँजा सहित २ जनालाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीले चितवन साविक मेघौली वडा नं. ६ हाल परिवर्तित भरतपुर महानगरपालिका वडा नम्बर. २७ का रोशन बहादुर दमई र चितवन माडी नगरपालिका–६ का वर्षीय देव नारायण महतोलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौडा–१५ स्थित रातोमाटे चेकपोष्टबाट बा. १४ च ३७०८ नम्बरको मारूती सुजुकी कार जाँच नगराई फरार भएको सूचना बारा प्रहरीलाई आएको थियो ।
यही सूचनालाई पछ्याउँदै जाँदा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाइछिपाई राखिएको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
उनीहरूको साथबाट २६ किलो ८०० ग्राम अवैध लागुऔषध चरेश तथा गांजा बरामद भएको डिएसपी न्यौपानेले बताए । पक्राउ परेकाहरूविरूद्ध आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर