spot_img

सिम्रौनगढमा मृतक परिवारजनद्वारा प्रदर्शन, प्रहरी सतर्क

पढ्न छुटाउनुभयो ?

बारा, २८ मंसिर । सिम्रौनगढ नगरपालिकामा मंसिर २७ गते भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवारजनले बिहीवार प्रदर्शन गरेका छन् ।
बुधवार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।
बिहीवार उनका आफन्तजनले मुखियालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, बुधवार नगरपालिकामा ड्युटीमा रहेका प्रहरी निरीक्षक रविभूषण यादवलाई कारबाई गर्नुपर्ने माग राखेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका हुन् । जसका कारण सिम्रौनगढ हालसम्म पनि तनावग्रस्त नै छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर