spot_img

लाखौंको धनमाल लुटपाट, दुर्ईजना घाइते

पढ्न छुटाउनुभयो ?

महोत्तरी, २७ पुस । मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछवारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुर्ईजना महिला घाइते भएका छन् ।
बिहीवार राति घरेलु हतियारसहित पाँच जनाको संख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो । समूहले घरका दुर्ई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए । आठरनौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् ।
परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारको भनाइ छ ।
हिन्दी भाषा बोल्ने लुटेरा समूहको कुरा गराइले उनीहरू निकटवर्ती गाउँँकै बासिन्दा हुनसक्ने पीडित परिवारको अनुमान छ ।
जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

लोकतन्त्रको महापर्व अघि जनमत पार्टी पर्साको प्रेरक पहल, घर–घरमा पुगेर दिँदै मतदाता सचेतना

  वीरगन्ज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ...

सम्बन्धित खबर