spot_img

वीरगंजमा सीताराम महोत्सव

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ माघ । भारतको अयोध्यामा राम मन्दिरको उदघाटन भइरहँदा वीरगंजमा त्यसको छुट्टै उत्सव देखिएको छ । वीरगंजका सडक सफा गरिएको छ भने पसलहरुमा रामनामी झन्डा गाडिएको छ । वीरगंज महानगरका मठमन्दिरलाई सजावट गरी आकर्षक पारिएको छ । प्रसिद्ध शक्तिपीठ माईस्थानको गहवामाई मन्दिर प्रांगणमा सोमवार साँझ १ लाख २५ हजार दियो बालेर भव्य दीप प्रज्वलन, महाआरती र हनुमान आराधनाको कार्यक्रम छ ।
वीरगंजकै घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा अयोध्याको नवनिर्मित राम मन्दिरको उदघाटनकै दिनको अवसर पारेर सोमवार भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिँदैछ।
सोमवार बिहान ८ बजे भव्य कलश यात्रा निकालिएको छ भने दिनभर प्राणप्रतिष्ठाको सम्पूर्ण पुजन विधि हुने, सवालाख बत्ती बालिने तथा साँझ महाआरती आयोजना गरेर छ ।
विश्व हिन्दू परिषद्ले सोमवार वीरगंजमा भव्य मोटरसाइकल र्यालीका साथै भव्य झाँकी प्रदर्शन गर्दैछ ।
आज पर्सा जिल्लाभर माछा, मासु र मदिराको बिक्री वितरण र सेवन निषेध गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर