spot_img

एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १ फागुन : एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् ।
मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर दुई सय २७ रन बनायो । दुई सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १३ दशमव पाँच ओभरमा मात्र १३ रनमा समेटियो । नेपालका लागि रुबिनाले ५४ बलमा शतक प्रहार गरिन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन ।
यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् । आजको खेलमा रुबिनाले ५९ बलमा १० चौका र पाँच छक्का हानिन् । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान दिइन् । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । यस्तै सीता रानामगरले १५ तथा कविता कुवँले १३ रन बनाइन् ।
बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले तीन तथा नब्बा नासिमले एक विकेट लिइन् ।
माल्दिभ्सलाई मात्र १३ रनमै समेट्ने क्रममा नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक चार विकेट लिइन् । यस्तै पूजा महतो र रुबिना श्रेत्रीले तीन तीन विकेट लिइन् । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुमाया विन्थ अब्दुल हमिदले पाँच तथा नब्बा नासिम र हफसा अब्दुल्लाले दुई दुई रन बनाए ।
लगातार तीन खेल जित्दै प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपाल क्वाटरफाइनमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई आठ आठ विकेटले पराजित गरेको थियो । लगातार तेस्रो खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो –––
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर